कांग्रेस कहिल्यै झुट्टा कुरा गर्दैन : प्रकाश अधिकारी

चितवन, ३० कात्तिक । संघ र प्रदेशको निर्वानच नजिकिएसँगै चुनाबी कार्यक्रमहरु बाक्लिएका छन् । आज नेपाली काँग्रेस भरतपुर २ ले देबकोटाचोक आँपटारीमा चुनाबी सभा सम्पन्न गरेको छ । सभामा चितवन क्षेत्र नं २ ख उम्मेदवार प्रकाश अधिकारीले लोकतन्त्रका लागि आफुले कसैसँग कुनै किसिमका सम्झौता गर्न नसक्ने बताए ।

लोकतन्त्र भनेको कुनै सिद्दान्त र बाद भन्दा पनि यो जनतालाई मालिक बनाउने शासन ब्यावस्था हो । सात साल देखि सत्तरी साल सम्म राजनैतिक परिर्वनका लागि लड्यो अव आर्थिक सम्बृद्धिमा लाग्ने समय भएको छ । ईतिहास देखि बर्तमान सम्म देशका सबै परिवर्तनको नेतृत्व गरेको नेपाली काग्रेसलाई मतदान गर्न आग्रह गरे । अगाडी जस्तै गरि यो मोडमा पनि नेपाली काग्रेसको पक्षमा मतदान गनुहुनेछ भन्ने बिश्वास लिएको बताउदै झुटा आश्वासन र मनगणन्ते कुरा नगरीकन सधैँ भरि जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए ।

नेपाल प्राध्यापक संघका महासचिव समेत रहेका उम्मेदवार अधिकारीले हिजो यो बस्तीमा संकट आउदा काँग्रेस बाहेक कुन पाटी आएको थियो तर आज भोटका लागि सबै आएका होलान् भन्दै मतदान गर्दा ध्यान दिन आग्रह गरे । यहाँको पानी बिजुली र बाटोको लागि लागेको पाटीले भोलि पनि यहाँको बस्ति ब्यावस्थापन का लागि सहयोग गर्ने बताए ।
उनले भने ‘नागरिकहरु सचेत भईसकेको छ, मैले प्राप्त गरेका अधिकार भुमिहिनहरुको समस्याको समाधान गर्छु, २–३ महिनामै लालपुर्जा दिन्छु भन्ने झुटा आश्वासन म दिन सक्दिन ।”

काग्रेस चितवन क्षेत्र नं २ ख का प्रबक्ता करुण कान्त पोखरेलले प्रतिनिध सभा र प्रदेश सभा दुबैमा आफ्ना उम्मेदवार सबल र सक्षम भएकाले रुख चिन्हमा मतदान गर्न सबै मतदातालाई आग्रह गरे ।

कार्यक्रममा सुकुम्वासी आयोग चितवन पुर्व उपाध्यक्ष सिताराम भट्टले भने, यहाँ धेरै समस्या छन तर आज जे जति छ त्यो सबै नेपाली काग्रेसले गर्दा भएको हो । बस्ति हटाउन डोजर ल्याईदा समेत काग्रेसले नै डोजर छेकेकोले आज बस्न पाईएको छ । थप बस्ति ब्यावस्थापनका लागि पनि नेपाली काग्रेसलाई भोट हाल्नुको बिकल्प छैन् । भुमिहिनहरु इमान्दार छौं भन्दै उनले केबी लाईनको समस्या समाधान समेत शेषनाथ अधिकारीले गरिदिएको स्मरण गर्दै अव पनि काग्रेसका उम्मेदवार प्रति यहाँका मतदाताको विश्वास भएको बताए ।

कार्यक्रममा नेपाल सुकुम्वासी संघ, चितवन, उपाध्यक्ष राजेश महतले सत्यको पं्रशशा गर्ने भन्दै हिजो देखि आज सम्म काँग्रेसले सबै विकासका काम गरेको दावी गरे । उनले भने, बाटो, बिद्यालय एवं खानेपानीका लागी नेपाली काग्रेसले नै काम गरेको हो, काग्रेसका पुराना नेता मुक्तीलला चुके देखि पछि आज सम्म काग्रेसले नै साथ दिएको छ ।, शाहि शाशनका बेला भुमिहिन उठाउन ७ दिने अल्टिमेटम समेत दिएको बेलामा समेत नेपाली काग्रेसका नेताहरुकै पहलमा सो राकिएको हो ।नेपाली काग्रेसले जे भन्छ त्यो गर्छ तर बामपन्थिहरु आफु काम नगर्ने निर्वाचनका बेला जस लिन तछाड मछाड गरीरहेका छन ।”
त्यसैले तिनीहरुलाई अहिले त्यसको जवाफ नेपाली काग्रेसलाई मत दिएर गर्ने बताए ।

आश्वासन भन्दा अरु केहि गर्न नसक्ने बामपन्थि गठबन्धनको आयु लामो नभएको बताउदै राप्रपा प्रजातान्त्रिकका सह कोषाध्यक्ष डोलराज पुडासैनीले गठबन्धन चुनाब सम्मको नाटक मात्रै भएको बताए । उनले भने, कम्यूनिष्टहरु शक्तीका पुजारी हुन् नागरिकका होईनन तसर्थ उनीहरुका जाल झेलबाट बेलैमा सर्तक हुन आग्रह छ, । नेपालमा कम्न्युष्टहरुले कुन परिवर्तन ल्याएका छन् र भोली तिनिहरुबाट थप आशा राख्ने तसर्थ मन ढुलमुल नगरी रुख चिन्हमा मतदान गर्न आग्रह् गर्छु । ”

 

Promise Education Consultancy