नृत्य प्रतियोगितामा ग्लोसाईन प्रथम

चितवन, ३० कात्तिक । नृत्य प्रतियोगितामा ग्लोसाईन एकेडेमी प्रथम भएको छ। पूर्वी चितवन महोत्सवका अवसरमा आयोजित विद्यालय स्तरीय नृत्य प्रतियोगितामा ग्लोसाईन एकेडेमी प्रथम भएको हो।

त्यस्तै मदरल्याण्ड वोडिङ स्कुल द्धितिय तथा अन्नपुर्ण शिशु निकेतन तृतिय भएका छन् । प्रथम द्धितिय र तृतिय भएको विद्यालयले क्रमश नगद १० हजार,७ हजार ५ सय र ५ हजार रुपैया पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक उमेश पुरीले जानकारी दिए । विजयी विद्यालयहरुलाई महोत्सव समापनका अवसरमा पुरस्कार प्रदान गरिने गिरीले वताए । प्रतियोगिता बुधवार र विहीवार दुई दिन भएको थियो । प्रतियोगितामा सहभागी १९ टिमको सहभागीता रहेको थियो ।
महोत्सवको सातौ दिन विहीवार सास्कृतिक कार्यक्रममा लोकप्रिय गायिका इन्दिरा जोशीले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिन् । उनले उध्रेको चोली,मत मर्छु कि क्या हो ठुली लगायत एक दर्जन गीत प्रस्तुत गरेकी थिईन् । त्यस्तै जादुगर वलराम सरकारले जादु प्रस्तुत गरेका थिए भने लोकदोहोरी गायक नेत्रजी पन्त र रमेश लामिछाने तथा स्थानीय कलाकारहरुको नृत्य रहेको थियो । महोत्सवको सातौ दिन सम्म करिव ६० हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका संयोजक निरज श्रेष्ठले वताए । महोत्सवको सुरुवाती दिनमा खासै दर्शकको उपस्थिती नरहेपनि पछिल्ला दिनहरुमा दर्शकको भीड वढ्दै गएको श्रेष्ठले वताए । महोत्सवको आठौ दिन सास्कृतिक कार्यक्रममा लोक तथा आधुनिक गायक रमेश राज भट्टराई,वान लेग नृत्यांगाना रोमा न्यौपाने लगायतको प्रस्तुतीका साथै वैवाहिक वर्षगाँठको ५० वसन्त पार गरेका जोडीहरुलाई आर्दश जोडीका रुपमा सम्मान गरिने रत्ननगर जेसिजका अध्यक्ष सुरेशचन्द्र आचार्यले जानकारी दिए ।

विगत दुई वर्षदेखी रत्ननगरमा निर्माणाधिन सडकका कारण व्यापार व्यवसायमा असर पुगेकाले त्यसको प्रर्वद्धनसंगै विवाह संस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ यही कार्तिक २४ गतेदेखी सुरु भएको महोत्सव मंसीर ३ गते सम्म चल्ने छ ।