जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिताको तयारी पुरा

चितवन, ३० कात्तिक । चितवनमा शुक्रबारदेखि हुने आठौँ जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिताको तयारी पुरा भएको छ ।
राष्ट्रिय तेकवान्दो संघ जिल्ला समिति चितवनले आयोजना गरेको प्रतियोगितामा चितवनको १७ वटा डोजाङ र नवलपुर क्षेत्रका पाँच वटा डोजाङको सहभागिता रहनेछ ।
शनिबारसम्म आयोजना हुने प्रतियोगितामा दुई सय भन्दा बढी खेलाडीको सहभागिता रहने राष्ट्रिय तेकवान्दो संघ जिल्ला समिति चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।
भरतपुर कबर्ड हलमा हुने प्रतियोगितामा तीन जना खेलाडीलाई सम्मान समेत गरिनेछ । थाइल्याण्डमा भएको तेकवान्दो प्रतियोगितामा पुरस्कार प्राप्त गर्न सफल तीन जना खेलाडीलाई सम्मान गरिने श्रेष्ठको भनाइ छ ।
थाइल्याण्डमा केही हप्ता अगाडि भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा चितवनबाट सहभागी भएका दुई जना खेलाडी दोस्रो तथा एक जना खेलाडी तेस्रो भएका थिए ।
शुक्रबारदेखि दुई दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले उद्घाटन गर्नेछन् ।