चुनावी रणनीति बनाउन वाम गठबन्धनको रत्ननगरमा युवा भेला

चितवन, ३० कात्तिक । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन जित्नका लागि रणनीति बनाउन वाम गठबन्धनले रत्ननगरमा विहीवार युवा भेला गरेको छ ।

चितवन क्षेत्र नंं.१ प्रदेश(ख) अन्तर्गतको सयुक्त युवा परिचाल समितिले आयोजना गरेको सो भेलामा निर्वाचन जित्नका लागि युवाहरुको भूमिका र प्रचार प्रसारको प्रभावकारिताको बारेमा उम्मेदवार,नेता तथा युवाहरु बीच गहन छलफल गरिएको युवा परिचालन समितिका संयोजक केशब आचार्यले जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे,प्रदेश सभा(ख)का उम्मेदवार कृष्णप्रसाद खनाल,समानुपातिक उम्मेदवार कन्चन खनालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको नतिजा बाम गठबन्धनको पोल्टोमा पर्ने गरी चुनावी अभियानमा लाग्न युवाहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेले समग्र चितवनको विकास र समृद्धिको लागि बाम गठबन्धनको विजय आवश्यक रहेको बताए । यो जिल्लाको हितका लागि पनि हामीले जित्न आवश्यक छ उनले भने यही मिसनका साथ निर्वाचनमा युवा साथीहरु लाग्नुहोस । कार्यक्रममा प्रदेश सभा(ख)का उम्मेदवार कृष्णप्रसाद खनालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनलाई जिताएर युवाहरुले आप्mनो शक्ति प्रर्दशन गर्नुपर्ने जिकिर गरे ।

मुलुकको हितका लागि अहिलेको निर्वाचन वाम गठबन्धनले जित्नै पर्ने भन्दै उनले गम्भीर भएर चुवानी अभियानमा लाग्न आग्रह गरे । कार्यक्रममा समानुपातिक उम्मेदवार कन्चन खनालले विशिष्ट परिस्थितिका बीच हुन लागेको अहिलेको निर्वाचन बाम शक्तिले जित्नै पर्ने आवश्यकता रहेको बताईन ।

कार्यक्रम युवा परिचालन समितिका संयोजक केशब आचार्यको अध्यक्षतामा भएको थियो । यसैबीच बामगठबन्धनका उम्मेदवारहरुले विहीवार रत्ननगर ११ जिरौना र यस आसपासका जनतासंग घरघरमै पुगेर भोट मागेका छन ।

केन्द्रीय तथा जिल्ला तहका नेता तथा कार्यकतासंगै जनताको घरदैलोमा पुगेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डे,प्रदेश सभा(ख)का उम्मेदवार कृष्णप्रसाद खनाल, समानुपातिक उम्मेदवार कन्चन खनालले मुलुक निर्माणका लागि तय गरिएको चुनावी एजेण्डा प्रस्तुत गर्दै मतदातासंग भोट मागेका थिए । घरदैलो पछि जिरौना चोकमा कोणसभाको गरिएको थियो । कार्यक्रम वडा नं.११ का निर्वाचन परिचालन समितिका संयोजक श्याम श्रेष्ठको अध्यक्षतामा भएको थियो ।