गोरखामा नारायणकाजीलाई लक्षित गरी ‘माइन बम’ बिस्फोट

 

गोरखा, ३० कात्तिक । माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ लक्षित गरी सुतली बम विष्फोट भएको छ । वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ चढेको गाडी लक्षित गर्दै माइन बम बिष्फोट भएको छ । बम बिष्फोटका कारण कुनै क्षति भने भएको छैन ।

गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विष्फोट भएको हो । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको जनाइएको छ ।

वाम गठबन्धनको चुनावी प्रचारमा हिंडेका एमाले नेता विकलकुमार श्रेष्ठका अनुसार बाह्र किलोमा गठबन्धनको वैठकमा सहभागी भएर फर्किने क्रममा बिष्फोट भएको हो ।

उक्त बेला वाम गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार श्रेष्ठ र प्रदेश सभाकी उम्मेदवार कमला नहर्की सँगै थिए।

गोरखाका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले आफू घटनास्थल जाँदै गरेको बताए ।

घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।