१ सय ५५ थान लागु औषधसहित एक युवा पक्राउ

चितवन, ३० कात्तिक । चितवनमा जिल्ला प्रहरी कार्यालयले प्रतिवन्धित १ सय ५५ थान एम्पुल लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ ।
कार्यालयबाट गस्तीमा खटिएको प्रहरी टोलीले भरतपुर–१ नारायणी नदीको पुलमा सागर रेग्मीलाई संकित अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी लिए ।
आगामी मंसीर १० र २१ गते हुन गई रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई सुरक्षित र भय रहित रुपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय चितवनले अवलम्वन गरेका रणनितिक योजना अनुसार लागु औषध ओसारपसार नियन्त्रण भएको उनले बताए ।
रेगमीको शरीर तलासी लिँदा निजले हातमा बोकेको फेन्सी झोलामा लुकाई बोकेको अवस्थामा प्रतिवन्धित लागु औषध फेला परेको थियो ।
नवलपरासी गैडाकोट न.पा.वडा नं.६ बस्ने २० बर्षको सागर रेग्मीसाथबाट प्रहरील
लागु औषध डाईजेपाम ५४ थान एम्पुल, ब्रुफिनर्फिन ४९ थान एम्पुल र फेनारगन ५२ थान एम्पुल बरावद गरेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए । साथै सो लागु औषध ओसारपसारमा संलग्न रेग्मीलाई थप अनुसन्धान कार्य भई रहेको उनले बताए ।

.