विकास र आर्थिक समृद्धिको लागी काँग्रेसलाई मतदान गर्न बुर्लाकोटीको आग्रह

अनिता अर्याल
चितवन ३० कात्तिक । चितवन क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार राजेन्द्र प्रसाद वुर्लाकोटीले विकास र आर्थिक समृद्धिको लागी नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गर्नु भएको छ ।
चुवानी अभियान अन्र्तगत आज बुधबार रत्ननगर ६ बछौली चोकमा गरिएको कोणसभामा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
देश अहिले राजनैतिक स्थिरता तर्फ लम्किरहेकाले बिकास र आर्थिक सम्बृद्धिलाई जोड्न सके मात्र नागरिकले राहत महशुश गर्ने हुनाले यसका लागि नेपाली कांग्रेसलाई आसन्न निर्वाचनमा अत्यधिक मतले विजयी गराउनु पर्ने बताउनुभयो ।
यसैविच
कयर खोलाका कारण रत्ननगर र खैरहनी सुरक्षित नभएको भन्दै प्रतिनिधी सभा सदस्यका उम्मेदवार बुर्लाकोटीले सुरक्षित चितवन वनाउन आफ्नो ध्यान केन्द्रित रहने बताउनुभएको छ । यसका लागी आफू विजयी भएमा छिट्टै पहल थाल्ने समेत बताउनुभयो ।
यस्तै चितवन क्षेत्र नंं.१ प्रदेश सभा (ख)का उम्मेदवार उत्तम आचार्यले नेपाली कांगे्रसको निति र सिद्धान्त स्पस्ट भएकाले जनताले कांग्रेस पार्टीलाई रुचाएको बताउनुभएको छ ।


कांग्रेसको सिद्धान्त विश्वभर सफल हुदै गएको लोकतान्त्रीक पद्धति भएकाले लोकन्त्रप्रति आस्था राख्ने सम्पूर्णलाई एकजुट हुन आग्रह गर्नुभयो । त्यस्तै गरि आचार्यले संविधान र मौलिक अधिकार रक्षाको लागि नेपाली काँग्रेसले जित्न आवश्यक रहेको दावी गर्नुभयो ।
आफनो आस्था र विश्वास अनुसारको धर्म मान्न पाउने स्वतन्त्रतामा विश्वास राख्ने पार्टी नेपाली कांग्रेस भएको भन्दै नेपाली कांग्रेसलाई अत्यधिक मतले विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो ।
बछौली चोकदेखि सुरु भएर दोरङगी,गैडा चोक हुदै सौराहा क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा उम्मेदवारसहित काँग्रेसका चुनाव परिचालन समिति संयोजक एवं क्षेत्रीय सभापति कुमार कार्की,पूर्व सांसद तथा महाधिवेशन प्रतिनिधि एकनाथ रानाभाट, काँग्रेस जिल्ला प्रबक्ता निता ढकाल,सहसचिव सुर्य अर्याल,नगर सभापति रुपनराज घिमिरे लगायत सयौं कार्यकर्ताहरुले वडा नं.६ मा भोट मागेका थिए ।

Promise Education Consultancy