ज्योती विकास बैंकले शाखा सर्यो

प्रनिश थापा
चितवन, ३० कात्तिक । ज्योती विकास बैंकले आज आफ्नो शाखा कार्यालय सारेको छ ।
चितवनको भरतपुर स्थित पारस बसपर्कमा रहेको शाखा कार्यालय बुधबार हाकिमचोकमा कार्यालय सारेको हो ।
शाखाको औपचारिक रूपमा उद्घघाटन गर्दै बैंकका सञ्चालक छत्रमान श्रेष्ठ, ध्रुव कोइराला र जगदीश्वरप्रसाद अधिकारीले सेवा बिस्तार अझै सशक्त रूपमा गर्दै जाने बताए ।
बैंकले यसअघि मकवानपुरको बागमती गाउँपालिका फापरबारी र हेटौडा बजारमा नयाँ शाखा खोलेको थियो ।