चुनावी घरदैलो कार्यक्रमका लागि वामगठवन्धका साझा उम्मेद्वार महत्तो माडीमा

सुवास लामिछाने
चितवन, ३० कात्तिक । चुनावी घरदैलो कार्यक्रम लिएर वामगठवन्धनका साझा उम्मेद्वार रामलाल महत्तो माडीमा आइपुग्नुभएको छ ।
चितवन क्षेत्र नम्वर ३ (ख) अन्र्तगत माडीको वडा नम्वर ३ का विभिन्न क्षेत्रमा पुग्दा उहालाई स्वागत गर्नेको घुइचो लागेको थियो । आदिवासीहरुको वाहुलियता रहेको वडा नम्वर ३ मासयौको संख्यामा पुगेका स्थानिय नेता तथा कार्यकर्ताहरुसगै पुग्नुभएका उहालाई आदिवासीहरुले भव्य रुपमा स्वागत गरेका थिए ।
आदिवासी जनजातिहरुको हकहितमा लड्नका लागि समेत उहालाई स्थानियवासीहरुले आग्रह गरे । नेकपा माओवादी केन्द्रवाट यस क्षेत्रमा प्रतिनिधि सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रदेशसभामा रामलाल महत्तो चुनावी मैदानमा उत्रिनुभएको छ । माडीवासीहरुको साथ र सहयोगवाट आफु विजयी हुने र विपक्षी शक्तिआफुहरुसग डराएको महतोले उद्घोष गर्नुभयो । कोही कसैले पैसाको भरमा चुनाव जित्ने भनेपनि त्यो अव सम्भव नरेहको उहाले वताउनुभयो ।
विगतमा जनताहरुलाई झुकाउने काम भइरहेको र पैसा वाडफाड भइरहेकाले विगतका कार्यहरु नदोरिने र जनता सचेत भएको समेत वताउनुभयो ।
चुनावी प्रचारप्रसार अन्र्तगत आज माडीको वडा नम्वर ३ अन्र्तगत वघौडावाट सुरु भएको चुनावी अभियान वैराठ,धोवाहा,सिमरा गोठका टोल, इनारवरुवा लगायत क्षेत्रमा पुगेको ३ नम्वर वडाका प्रचारप्रसार संयोजक कमल रामदामले वताउनुभयो ।

Promise Education Consultancy