चितवनमा चुनाव लक्षित घरेलु मदिरा नष्ट अभियान

चितवन, ३० कार्तिक । चितवनमा घरेलु मदिरा नष्ट अभियानलाई तीव्र पारिएको छ ।
विशेष गरेर निर्वाचनको समयमा मदिराका कारण चुनाव असर हुने र अपराधिक क्रियाकलाप रोक्न समेत घरेलु मदिरा नष्ट अभियानलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए ।
चुनावलाई लक्षित गरी घरेलु मदिरारहित क्षेत्र बनाउने उद्देश्यले यो अभियान तीव्र पारेको उनले स्पष्ट पारे ।


यसैविच सोअ अभियान अन्र्तगत भरतपुर महानगरपालिकाको ६ सिताराम प्रहरी चौकीले यस क्षेत्रका सबै घरमा घरेलु मदिरा नष्ट गर्ने अभियान सुरु गरेको छ । चौकीको आधार क्षेत्र भित्र घरेलु मदिरा नष्ट गर्न थालिएको चौकीकी ईञ्चार्ज प्रहरी सहायक निरीक्षक कल्पना खड्काले जानकारी दिइन् ।
उनका अनुसार चोकबजार आसपास र भरतपुर–६, गौचरणमा मदिरा बनाउने कच्चापदार्थ (जाँड) ६१० लिटर र तयारी मदिरा ७५ लिटर नष्ट गरिएको जानकारी दिइन् ।
चुनाव केन्द्रित गरेर यो चौकीले ४९ म्यादीसहित ५५ जना प्रहरी खटाई सुरक्षा व्यवस्थामा पनि उत्तिकै ध्यान दिइरहेको उनले बताइन् ।