चितवनमा चुनाव गतिविधि विरोध गर्ने विप्लवका दुई कार्यकर्ता पक्राउ

चितवन, ३० कात्तिक । निर्वाचन विपरित गतिविधि गरेको आरोपमा चितवन प्रहरीले विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको छ ।
जिल्लाका दुई स्थानहरुबाट दुई जना विप्लव माओवादीका कार्यकर्तालाई निवार्चन गतिविधिमा अवसर नपरोस् भनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले गएको कार्तिक २८ गते दिउँसोे भरतपुर महानगरपालिका ११ बाट लोकराज पाण्डे र ईलाका प्रहरी कार्यालय रत्ननगरको विशेष टोलीले रत्ननगर नगरपालिका १४ बाट लक्ष्मी न्यौपानेलाई गएको कार्तिक २६ गते प्रहरीले आफ्नै निवासबाट पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।
निर्वाचन गतिविधि विथोल्न विप्लवको गतिविधि बढी सक्रिय बनेपछि उनीहरुलाई नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ । साथै पक्राउ परेकालाई निर्वाचन लगत्तै छोड्ने प्रहरी स्रोतले जनाएको छ ।