बौद्ध गुरु महासंघनायक रिंन्पोछे कर्मज्ञान सागर लामाको अन्येष्टी

नवलपुर, ३० कात्तिक । शान्ति र अहिंसावादी अभियानका अगुवा एवं बौद्ध गुरु महासंघनायक रिंन्पोछे कर्मज्ञान सागर लामाको आज नवलपरासीको दाउन्नेमा हजारौंको बुद्ध धर्मावलम्बीको सहभागितामा अन्येष्टी गरिएको छ ।
२०३७ सालबाट नवलपरासीको दाउन्नेमा आश्रम बनाएर बस्नु भएका बौद्ध गुरु रिन्ंपोछे लामो समय देखि शान्ति र अहिंसाको बाटोमा हिडेका कारण बौद्ध धर्मावलम्बी बिच देशभरि नै परिचित हुनुहुन्र्यो । एक हप्ता अघि निधन भएका ८२ वर्षिय गुरु लामाको उहांको गुफा स्थल दाउन्ने डांडामा बौद्ध परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।
संस्कार गर्नु पुर्व रिंन्पोछे लामाको पार्थिव शरिरलाई हेलिकप्टरमा राखि लुम्बिनी, बौद्ध तथा स्यम्भ्यूको आकाश माथि घुमाएर दाउन्ने ल्याईएको थियो । भगवान बुद्धको पंचशिलको माध्यमबाट शान्ति र अहिंसाको विषयमा प्रवचन दिदैं आउनुभएका उहांको अन्त्येष्टिमा स्वेदशबाट मात्र नभई विदेशबाट समेत भक्तजन ओईरिएका थिए ।
उहाले बुद्धको पंचशिलको सिद्धान्तलाई देश ब्यापी बनाउदै अहिम्साको बाटो मार्फत बौद्धमार्गीहरुमा चेतना जागृत गर्न महत्वपुण योगदान दिनुभएकाले उहा हजारै भत्तहरुको आस्थाको केन्द्र बन्नु भएको नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्र संघका महासचिव भिक्षु प्रेम दोर्जे बल लामाले बताउनु भयो ।
कात्तिक २२ गते निधन भएका लामाको शरिर भक्तजनहरुको दर्शनका लागि एक हप्ता राखि आज दाहसंस्कार गरिएको हो ।
उहाको पुर्नर आगमनका लागी हरेक हप्ता बिधिवत रुपमा बिभिन्न धार्मीक कार्य हुनेर ४९औ दिनमा अन्तिम अन्त्यष्ठी अर्थात नाम पारंगत गर्ने पस्चात सम्पुर्ण कार्य पुरा हुने अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्र संघ का सचिव भिक्षु डि.बी.तितुंग लामाले बताउनु भयो ।
आफ्नै अगुवाईमा शान्ति र अहिंसाको ज्ञान फैलाउन नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्र संघ स्थापना गर्नुभएका गुरु लामाकै पहलमा यो संस्थाको शाखा अहिले ६७ जिल्ला विस्तार भइृकेको नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्र संघ का सचिव भिक्षु डि.बी.तितुंग लामाले बताउनु भयो ।

शहादत प्राप्त गर्नुभएका गुरुले आफ्नै अगुवाईमा आफ्नो आश्रम स्थल नजिकै अहिंसावादी महाबौद्ध अनाथ विद्यापिठ गठन गरि १ सय ४१ जना बालबालिकालाई आवासिय पठनपाठन गराउदैं आउनुभएको बताईएको छ ।

भक्तजनहरुले गुरुले शान्ति र अहिंसाको बाटो रोजेर शाकाहारी बन्न सबैलाई प्रेरित गर्ने गरेको बताउछन् ।
गुरुको सरण पर्दा शान्ति मिल्ने र आनन्दको अनुभुति हुने गरेको ले आफु गुरुको अन्तिम संस्कारका लागी बेलायत देखी नेपाल आएको एक भक्तले बताए ।
आवाज ४
आफुहरुले पुर्नर जन्ममा बिश्वास गर्ने भएकाले गुरुको पुनर जन्मको कामनाका लागी आफु आएको भरतपुरका अर्का भक्तको भनाई छ ।
रिन्गपोछे लामालाई २०५८ सालमा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले सगरमाथा प्रतिष्ठान नेपालबाट सम्मान गर्नु भएका बताईएको छ भने उहाको गुम्बा रहेको करिव ३०० बिगाहा क्षेत्र राजा बिरेन्द्रले उहालाई भोगचलन गर्न दिएको प्रमाडहरु देख्न सकिन्छ ।
भिक्षु गुरु रिंग्पोछे लामाले विभिन्न बौद्ध धर्मस्थलबाट गरि १३ वर्ष गुफामा बस्नुभएको थियो ।

Promise Education Consultancy