भानुभक्त आर्दशको अध्यक्षभएपछि……(भिडियो)

चितवन, ३० कात्तिक । भरतपुर–१० दूरसंचार मार्ग स्थित आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा तथा एघारौं अधिवेशन सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टिकाराम भट्टराईको प्रमुख आतिथ्यता एवं संस्थाकी अध्यक्ष मीना खरेलको सभापतित्वमा सम्पन्न सो साधारणसभामा सहसचिव पवित्रा के.सी.ले संस्थाको आ.व. ०७३÷०७४ को प्रगति प्रतिवेदन तथा आ.व. ०७४/०७५ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि कोषाध्यक्ष राजकुमार श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन, ऋण उपसमिति संयोजक भानुभक्त कंडेलले ऋण सम्बन्धि प्रतिवेदन एवं लेखा सुपरिवेक्षण समिति संयोजक माधव प्रसाद वास्तोलाले लेखा सम्बन्धि प्रतिवेदन तथा टिप्पणी प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा संस्थाले नियमित गर्दै आएको आदर्श व्यक्तित्वको सम्मान अधिवक्ता फुलमाया रानाभाटलाई गरेको थियो ।
साथै संथाका यो वर्ष ६० वर्ष पार गरेका १४ जना जेष्ठ शेयर सदस्यहरुलाई नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट बाल बचत पुरस्कार, उत्कृष्ट बचत कारोबारी सदस्य पुरस्कार, ऋण कारोबारी सदस्य पुरस्कार, आदर्श शैक्षिक प्रोत्साहन पुरस्कार, आदर्श प्रवद्र्धन पुरस्कार तथा उत्कृष्ट प्रतिवेदक पुरस्कार गरि कुल १५ जना सदस्यहरुलाई पुरस्कृत गरेको थियो ।

अध्यक्षमा भानुभक्त
संस्थाको २० औं वार्षिक साधारण सभा तथा एघारौं अधिवेशनले आगामी ३ वर्षे कार्यकालको लागि भानुभक्त कंडेलको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको छ । समितको उपाध्यक्षमा सावित्री कंडेल, सचिवमा पवित्रा के.सी., कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सहसचिवमा शारदा कुमारी भट्टराई खरेल चयन भएका छन ।
त्यसैगरि सदस्यहरुमा हेममाया गौतम, मीना गुरुङ, कमला अधिकारी र सिर्जना आचार्य पोख्रेल चयन भएका छन । लेखा सुपरिवेक्षण समितिको संयोजकमा माधव प्रसाद वास्तोला तथा सदस्यहरुमा सुर्य प्रसाद श्रेष्ठ एवं भिम कुमारी जिसी चयन भएका छन् ।