सीमावर्ती क्षेत्रमा फेरी नेपाली व्यापारीमाथि गोली प्रहार

सर्लाही, ३० कात्तिक । सीमावर्ती क्षेत्रमा फेरी नेपाली व्यापारी माथी गोली प्रहार भएको छ । थोत्रा सामान संकलन गरेर व्यापार गर्दै आएका मलंगवा नगरपालिका– ९ बस्ने ३७ वर्षीय राकेश चौधरीमाथि भारतको सोनवर्षाबाट मलंगवा फर्किने क्रममा बुधबार राती ८ बजेतिर भारतको सीतामढी जिल्ला स्थित चिलरा मोडमा नचिनेका मानिसले जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पेट बायाँपट्टी गोली लागेर घाईते भएका चौधरीलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार गरी नेशनल मेडिकल कलेज वीरगञ्ज रेफर गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आमल खाँ ले जानकारी दिए ।

व्यापारी माथी गोली प्रहार गर्नेहरुको सर्लाही प्रहरी र भारतको सोनवर्षा प्रहरीले खोजी गरिरहेका छन् ।घटना भारतमा भएपनि घटना संलग्नहरुको खोजी गर्न आफूहरुले पनि सहयोग गरिरहेको एसपी खाँ ले बताए ।