नारायणगढ– मुग्लिन सडकमा ट्रकको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

चितवन, २९ कार्तिक । नारायणगढ–मुग्लिन सडकमा ट्रकको ठक्करबाट एक  पैदल  यात्रीको ज्यान गएको छ । नारायणगढ –मुग्लिन अन्तरगत चितवनको भरतपुर महानगरपालिका २९ स्थित केरावारीमा मुग्लिन तर्फबाट विरगंज जादैँ गरेको ना ६ ख ७२५२ नम्बरको ट्रकले ठक्कर दिदाँ अन्दाजी ३४/३५ बर्षका स्थानिय लाल बहादुर गुरुङको ज्यान गएको ईलाका प्रहरी कर्यालय मुग्लिनले जनाएको छ ।
गुरुङलायृ आज साँझ ६ बजेतिर ट्रकले ठक्कर दिदाँ घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

 

Promise Education Consultancy