मेरा सहपाठीले जस्तो हामी सर्टिफिकेट वेच्दैनौं : उपेन्द्र देवकोटा

राजेन्द्र न्यौपाने

गोरखा, २९ कार्तिक । गोरखामा जन्मेका उपेन्द्रले बाबुरामसँगै एसएलसी पास गरेर डाक्टरी पढे, उनी कहिलिएका डाक्टर समेत हुन् । पालुङटारमा आयोजित सभामा बोल्दै डा। देवकोटाले गोरखाका कुनै अरु डाक्टरले जसरी आफूहरुले पिएचडीको सर्टिफिकेट विक्री नगरेको बताएका छन् ।

गोरखामा धेरै डाक्टरहरु जन्मनु भएको छ । पोष्ट ग्राजुयट गरेका विद्यार्थीहरुलाई मैले पढाउँछु, मेरो भाई पिएचडी पछिको कोर्ष अध्ययन गरेर देशमा बसेर काम गरिरहेको छ , हामीले प्रचार गरेका छैनौं । मैले धेरैको मष्तिस्क चिरफार गरेँ । मानिसहरु देखेपछि उनीहरुको अवस्था बारे जानकारी हुन्छ । अव देशमा बामगठबन्धनको विकल्प नभएकोले आफू यहीबाटोमा अगाडि लागेको बताए । आफ्ना कान्छा भाई बाबुराम भन्दा धेरै पढेको उनले बताए ।  राजनीतिशास्त्रमा नेताहरुलाई चार सिद्धान्तले स्थापित गरेको बताए । पहिलो सिद्धान्तको आधारशिला हो, दोश्रो नैतिकताको सिद्धान्त, तेश्रो मार्गचित्र र चौंथो सबैसँग समझदारी जुटाउन सक्ने हुनुपर्दछ । तर बाबुराममा कुनैपनि गुण नभएकोले आम गोरखबासी झुक्किएर पनि बाबुरामलाई भोट नदिन यो डाक्टर आग्रह गर्दछ । म विरामी जाँचेर गोजिमा पैसा हाल्ने बेला किन यो बाम गठनबन्धनको निर्वाचन प्रचारमा हिँडेको छ रु जसरी विरामीहरुलाई मैले उपचार गरेर ठिक पार्छु त्यसरी नै नेपालको राजनीतिलाई पनि ठिक पार्न लागि परेको हुँ।

२०२२ साल देखि विद्यार्थी संगठन सुरु गर्ने गोरखाको पहिलो विद्यार्थी भएको नाताले बाम गठबन्धनलाई सहयोग गर्न म गोरखा आएको हुँ । हिजो चिलाउने र कटुसका रुखमुनि बसेर विद्यार्थी संगठन बनाएर लागि परेको डा।देवकोटाले बताए । गोरखामा कम्युनिष्ट आन्दोलनलाई उचाई दिन प्रचण्ड, बाचस्पति, सुरेश वाग्ले, जगत श्रेष्ठ, परशुराम श्रेष्ठ, ओजराज भट्टराई लगायतका नेताहरुको उच्च योगदान रहेको बताए ।  बाम गठबन्धन देखि आत्तिएर शेर बहादुर जीले घसेटा र चेस्का बटुलेर अर्को गठबन्धन बनाएको देवकोटाको भनाई छ । त्यहि गठनबन्धनको घटक पालुङटारमा आएको छ त्यसलाई भोट दिनुको अर्थ छैन, भविष्य नभएको बाटोमा नलाग्न  उनले आग्रह गरे । बुढी भैंसीलाई कुँडो खुवाएर दुध नआउने बताउँदै बाबुरामको राजनीति सकिएको सहपाठी देवकोटाले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली, गोरखा निर्वाचन क्षेत्र नं। २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ, प्रदेशसभा १ की उम्मेदवार कमला नहर्की लगायतले मन्तव्य राखेका थिए  ।