आचारसंहिताको अनुगमनमा जिल्ला निर्वाचन कार्यालयले तिब्रता दिनु पर्छ : दिनेश कोइराला

चितवन कात्तिक २९ : चितवन क्षेत्र न ३ ( क ) का प्रदेश सभा तर्फ लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दिनेश कोइरालाले निर्वाचन आचार संहिता पालनामा कत्ति पनि चुक्न नहुने बताउनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन एंव आचारसंहिता सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा उहाले भन्नु भयो “चितवन जिल्ला निर्वाचन आचार संहित पालन गर्ने पहिलो नमुना जिल्ला हुनु पर्छ । ” निर्वाचनमा उम्मेदवारले अनुमति लिएका सवारी साधन भन्दा बडि प्रयोग हुने गरेको ठोक्कुवा गर्दै उहाले यस्ता आचारसंहिता बिरुद्दका गतिबिधि रोक्न सबै पक्ष जिम्बेवार हुनु पर्ने सुल्झ्याउनु भयो । 

उता आज बिहानै भएको वडा न २७ को वडा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कोइरालाले बिक्रम लोकतन्त्रिक गठबन्धन लाइ जिताउन आग्रह गर्नु भयो । उहाले लोकतान्त्रिक गठबन्धनले जितेमा मात्र देश समृद्द हुने जिकिर गर्नु भयो । बिहानी को समयमा मेघौलीमा भएको कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति थियो ।

त्यस्तै आज नै वडा न २६ ज्योति नगर को वडा सम्पर्क कार्यालय समेत आज उद्घाटन भएको छ । त्यसपस्चात कोइरालाले स्थानीय संग छलफल गरि त्यहाका समस्या र समाधानको प्रतिबद्दता समेत जनाउनु भयो । उता वडा न १९ को वडा सम्पर्क कार्यालय उद्घाटन गर्दै कोइरालाले आफ्नो सस्कृति रहन सहन लाइ बचाइराख्नु पर्नेमा जोड दिनु भयो । उहाले सस्कृतिको पुस्ता हस्तान्तरण हुनु अत्यन्त जरुरि रहेको ठहर गर्नु भयो । सारदानगर टाउनमा स्थानीयले कोइरालाको स्वगरमा झाकी समेत प्रहसन गरेका थिए ।

.