मैले २५ वर्षदेखि बाबुरामजीलाई बचाउँदै , जोगाउदैँ ल्याए : प्रचण्ड

गोरखा, २९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा‘ प्रचण्ड’ले उम्मेदवारी छाडेर माओवादीमा आउन डा.बाबुराम भट्टराईलाई आग्रह गरेका छन् ।

बुधबार श्रेष्ठलाई भोट माग्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लिएर प्रचण्ड गोरखाको भच्चेक पुगेका प्रचण्डले बाबुरामलाई उम्मदेवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

प्रचण्डले अझै पनि आफूलाई बाबुरामको माया लाग्ने गरेको सुनाए । अघि भने, म अहिले पनि भन्छु, उम्मेदवारी छोड्दिनुस् । माओवादी, आन्दोलन, प्रचण्ड छोडेर गल्ती गरेँ भनेर आउनुस्, तपाईलाई स्वागत गर्न तयार छु ।’

बाबुराम घर न घाटको हुन लागेको प्रचण्डले बताए । बाबुराम दिल्लीमा आपले जस्तै नयाँ शक्ति बनाउँछु भनेर हिँडेको तर, असफल भएको भन्दै उनले भने, नेपाल दिल्ली होइन, गोरखा दिल्ली होइन, तपाई केजरीवाल पनि होइन । यो हुनै नसक्ने कुरातिर तपाई किन लाग्नुभयो रु’

Image may contain: 1 person, crowd, sky and outdoor

म भर्खरै चितवनबाट आएँ, बिहान ११ बजेसम्म भरतपुरमा थिएँ । नयाँ शक्तिमा गएका धेरै साथीहरु र्फकने क्रम छ । देवेन्द्र पौडेलको नेतृत्वमा करिव(करिव सबै माओवादी फर्किए भन्दा पनि हुन्छ । आज बिहान मात्रै चितवनमा नयाँ शक्तिका बाँकी तीन दर्जन साथीहरुलाई टीको लगाएँ । उहाँहरुले भन्नुभो, सकियो नयाँ शक्ति ।

मलाई गोरखाली दिदीबहिनी दाजदाइका अगाडि उभिएर बाबुरामजीको कुरा गर्दा बडो नमीठो लाग्छ । अति भावुक पनि भएर पनि आउँछु । मैले २५ वर्षदेखि बाबुरामजीलाई बचाउँदै बचाउँदै, जोगाउँदै जोगाउँदै ल्याएको थिएँ । धेरै ठूलो दुःख गरेर जोगाएको हो बाबुरामलाई ।

तर,पछिल्लो चरणमा बाबुरामलाई जोगाउन सकिएन, उहाँ फुत्किुनभयो । कहाँ जानुभयो कहाँ जानुभयो रु कम्युनिष्ट आन्दोलन छाडेर जानुभयो, विचार छोडेर जानुभयो, नैतिकता छोडेर जानु भयो । मलाई अहिले पनि उहाँको माया लाग्छ ।