नारायणगढ – मुग्लिन सडकमा केही दिन गाडी नरोकिने

चितवन, २९ कात्तिक । नारायणगढ – मुग्लिन सडकमा केही दिनका लागि गाडी नरोकिने भएको छ । अहिले चुनावको लागि पनि गाडीको आहोरदोहोर बढेकाले तत्काल गाडी नरोकिने चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए।

कहिलेसम्म गाडी नरोक्ने भन्ने बारेमा टुंगो भने लाग्न बाँकी रहेको उहाँले बताउनुभयो । गएको शनिबार झण्डै १० घण्टा गाडी रोकिँदा सोमबार दिउँसोसम्म नै प्रभाव परेकाले तत्कालका लागि गाडी रोक्दै पठाउने योजना नरहेको उनले बताए ।
गएको शनिबार नारायणगढ मुग्लिन सडकखण्डमा झण्डै १० गाडी रोकिँदा हजारौं यात्रुले गाडीमै रात बिताएका थिए ।