इम्ब्रोइडरी थान्का ‐ पौभा आर्ट प्रर्दशनीमा स्थानीय थारु महिलाहरुको उल्लेखनीय सहभागीता

 

प्रनिश थापा
चितवन , कार्तिक २९ । चिनियाँ कम्पनी हेनान प्रिफेक्चयोर विश्वकर्मा नेशनल आर्टस् एण्ड क्राफ्ट्सको आयोजनामा पुर्वी चितवनको सौराह स्थित थारु सांस्कृतिक संग्रहालयमा जारी दिने (इम्ब्रोइडरी थान्का ‐ पौभा ) आर्ट प्रर्दशनीमा स्थानीय थारु महिलाहरुको उल्लेखनीय सहभागी हुँदै गएको छ ।

नेपालको प्राचीन कला संस्कृतिको महत्वपूर्ण पाटो इम्ब्रोइडरी थान्का आर्ट प्रर्दशनीका लागी आएकी कम्पनीकी नेपाल शाखा प्रबन्धक तेन्जिंङ संग स्थानीय थारु महिला समुह बछौलीका महिलाहरुले थान्का बनाउने शैली सिक्न शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका थिए ।

जवाफमा प्रबन्धक तेन्जिङले हेनान प्रिफेक्चयोर विश्वकर्मा नेशनल आर्टस् एण्ड क्राफ्ट्सले काठमाण्डौंमा इम्ब्रोइडरी थान्का आर्टस बनाउने कलाको निशुल्क प्रशिक्षण दिने गरेको नेपालको प्राचीन कला संस्कृती नेपालबाटै लोप हुने अवस्थामा पुगेको भन्दै आफुहरु ती कला संस्कृतीको संरक्षण र सम्बद्र्धन नै मुख्य उद्धेश्य रहेको बताइन् ।

यद्यपी थारु समुदायका महिला हरुले भने,आफुहरुले घर छाडेर प्रशिक्षणका लागी जान पारिवारीक समस्या हुन भएकोले प्रशिक्षणको प्याकेज चितवनमै ल्याउन आग्रह गरेकी थिइन् । प्राचीन महत्वका विषयवस्तु , भगवानका आकृती कोरीने थान्कालाई थारु समुदायले पनि आफ्नो संस्कृती अनुसारका चित्र उतार्न प्रयोग गर्न सक्ने तेन्जिंङको भनाई थियो ।

यता, थारु संस्कृती संग्रहालयका अध्यक्ष विरेन्द्र् महतोले कला संस्कृती आदानप्रदानको क्रममा नेपालबाट चीन पुगेको इम्ब्रोइडरी थान्कालाई पुनः नेपालमा जीवित राख्ने प्रयास प्रंसनिय भएको बताए । हेनान प्रिफेक्चयोर विश्वकर्मा नेशनल आर्टस् एण्ड क्राफ्ट्सको आयोजनामा यस अघि ललितपुरको पाटन र कपिलवस्तुमा प्रर्दशनी सम्पन्न भइसकेको छ ।

चितवन लगत्तै पोखरामा १० दिने प्रर्दशनी गर्ने तालिका रहेको प्रर्दशनीमा तेन्जिंनङ लागी दोभाषेको काम गरिरहेका दावा इम्ब्रोइडरी थान्का आर्टस्मा सिंयो र धागोको प्रयोगबाट कलात्मक चित्र बनाउने गरीन्छ ।

Promise Education Consultancy