हिउँदको समयमा दूध अभाव हुने समस्या निराकरणका लागि अनुसन्धान

 

चितवन , कार्तिक २९ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायका प्राध्यापक डा भूमिनन्द देवकोटा झन्डै दस बर्षदेखी चैतदेखि असारसम्मको समयमा भैँसीबाली नजाँदा हिउँदको समयमा दूध अभाव हुने समस्या निराकरणका लागि अनुसन्धानमा जुटिरहेका छन् ।

पछिल्लो पटक चितवनको रामपुर र कास्कीको पोखरामा रहेका भँैसीमा गरिएको परीक्षणबाट बेसिजनमा ब्याउने गरेको बताउदै देवकोटाले चालु आर्थिक वर्षमा रामपुरमा नौवटा भैँंसीमध्ये पाँचवटा र पोखरामा पाँचवटा भैंँसीमध्ये दुईवटा चैतदेखि असारसम्म ब्याउने गरेको बताए ।

उनले पोखराका भैँंसीमा नकारात्मक परजीवी उन्मूलन नगरी छाडेकाले कम भैंँसीबाली गएको र नेपालमा हिउँदको समयमा दूधको अभाव हुने र वर्षाद्को समयमा दूध बिक्री नहुने समस्या रहँदै आएको छ । साउनदेखि मंसिरसम्म अधिकांश भैँसी ब्याउँदा एउटा मौसममा धेरै दूध हुने र अर्को मौसममा दूधको अभाव हुने गरेको बताए ।

डा. देवकोटाका अनुसार पोषण र तनावयुक्त वातावरणका कारण सो मौसममा भैंँसी ब्याउने गरेको पत्ता लागेको छ । निराकरणका लागि तनाव कम गर्ने र विशेष किसिमको हर्मोन प्रविधि प्रयोग गरेर भैँंसीलाई ब्याउने गराइएको समेत उनको थप भनाई थियो ।

Promise Education Consultancy