पाँच हजार घुस सहित तीन प्रहरी फन्दामा

 

चितवन , कार्तिक २९ । जिल्ला प्रहरी कार्यालय चितवनले आन्तरिक प्रहरी सुदृढीकरण अभियान अन्तर्गत ५ हजार रुपैयाँ घुससहित ईलाका प्रहरी कार्यालय रामनगर प्रहरी हवल्दार टेम प्रसाद तिमिल्सिना सहित प्रहरी जवानद्वय अजय यादव र दिपक बैठा लाई पक्राउ गरेको छ ।

आयोगको टोलीले ना ५ ख ५२८ नम्बरको ट्यांकर चालक अर्जुन पौडेल सित गैरकानुनी ढंगले पैसा उठाउदै गरेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको प्रहरी प्रबक्ता प्रभु प्रसाद ढकालले बताउनुभयो ।

उहाँका अनुसार निज प्रहरीहरु सित प्रारम्भिक ढंगले अनुसन्धान गर्दा उनीहरुले ट्यांकर चालकले मदिरा सेवन गरेको र पक्राउ गरेर कार्वाही गर्नुको सट्टा घुस खाएर उन्मुक्ति दिएको पाइएपछि प्रहरी नियमावली २०७१ अनुसार कार्वाही गरि तत्कालका लागी जिम्मेवारीबाट समेत मुक्त गरेर अनुसन्धान थालिएको बताए ।

.