लक्ष्मी पोलिक्निक र चौतारीको निःशुल्क मधुमेह परिक्षण

चितवन, २८ कात्तिक । महिला र मधुमेह स्वास्थ्य भबिष्य हाम्रो अधिकार भन्ने नाराका साथ बिश्व मधुमेह दिवस आज बिश्वभरी मनाईयो । आहार बिहार र ब्यायममा ध्यान दिन सके यसबाट बच्न सकिने बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका फिजिसियन डा. जयराम अधिकारीले बताए । हाल विश्व मा ४२ करोड यस रोगका कारण पीडित छन् । सन् २०४० सम्म ६४ करोड पुग्ने अनुमान गरिएको छ । नेपालमा ८ प्रतिसत मानिस यो रोगबाट प्रभाबित भएको तथ्याङ्क पाईन्छ ।
लायन्य क्लब अफ चितवन चौतारीले आज भरतपुरमा निःशुल्क मधुमेह परिक्षण एवं औषधी बितरण गरेको छ । क्लबले आयोजना गरेको कार्यक्रममा १२८ जनाको रगत परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्य ५८ जनामा मधुमेह पाईएको छ । उनीहरुलाई बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका फिजिसियन डा. जयराम अधिकारीले परामर्श दिएका थिए । लक्ष्मी पोलिक्निक एवं लापेन कम्पनीले सहयोग पु¥याएका थिए ।
मधुमेह को उपचार मा प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङ्ग को जन्मदिन लाई नै हरेक बर्ष १४ नोभेम्बर मा मधुमेह दिवस मनाउन थालिएको हो ।
यसैगरि समझदारी बचत तथा ऋण सहकारी सस्था भरतपुर ११ ले पनि आज निःशुल्क मधुमेह परिक्षण सम्पन्न गरेको छ । भरतपुर अस्पतालका फिजिसिएन डा लायन महेन्द्र अग्रहरीले परिक्षण गरेको शिबिरमा १७५ को रगत परिक्षण गरिएको थियो ।