रुस्लान वेभ रक टुर २०१७ नारायणगढमा रमाए दर्शक (फोटो सहित )

चितवन, कात्तिक २८ । नेपालको चर्चित रक व्याण्ड एल्वाट्रोस देश दौडाहमा निस्किएको छ । रुस्लान वेभ रक टुर २०१७ नाम दिइएको उक्त कार्यक्रम कात्तिक २५ गते पब्लिक ग्राउण्ड धरानबाट सुरु भएको थियो।
रुस्लानको रक यात्रा को दोस्रो श्रृङखला कार्तिक २७ गते क्याम्पाचौर चितवन भव्यताको साथ सम्पन्न भयो । चितवनमा धरानको भन्दा पनि राम्रो भयो दर्शक रहेको थियोे । । दिउसो ४ बजे देखि शुरू हुने भनेको कार्यक्रम दर्शकको कमी र व्यवस्थापन मिलाउदा करिब ५ः३० बजे बाट शुरू भएको थियो । पहिलो स्थानीय प्रस्तुती द रड्स व्यान्डले प्रस्तुती गरी रहदा खाली रहेको क्याम्पा चउर एका एक दर्शकले भरिदै गयो ।दोस्रो प्रस्तुती चितवनको चर्चित व्यान्ड द ट्रोक्सीले कभर गीतबाट शुरू गर्दै आफ्नो व्यान्डको नया गीत गाएको थियो । दिवस गुरूङ हुदै एल्वाट्रोसले रक गीत बाट शुरू गर्दै फर्कि फर्कि नहेर भन्दै आफ्नो प्रस्तुती समाप्त गरेको थियो ।


एल्वाट्रोस युवाहरु माझ निकै लोकप्रिय समूह हो । करीब २ घण्टासम्म चलेको थियो । प्रस्तुतिमा ब्याण्डले नयाँ तथा पुरानो गीतहरु प्रस्तुत गरेको थियो ।ब्याण्डका भोकलिष्ट शिरिष डली यस कार्यक्रमप्रति निकै आशावादी छन् र यस्तो कार्यक्रमले नेपालमा रक संगीत विकास र विस्तारमा नयाँ आयाम थपिने कुरामा बिश्वास गर्छन ।कात्तिक २८ गते एन्फा स्टेडिएम बुटवलमा रक गर्ने छ ।

यसैगरी कात्तिक ३० गते प्रर्दशनी केन्द्र पोखरा हुँदै मंसिर ३ गते आइतबार बनेपा बसपार्क बनेपामा प्रस्तुती दिने छ ।रुस्लान भोडकाको प्रायोजनमा यो रक टुर सुरु भएको हो ।