बृद्द आमा बुवालाइ आफ्नै असल छोरो जस्तै भएर काम गर्ने छु , महिला आत्मनिर्भरता प्रमुख प्याकेज

शिव शर्मा भरतपुर कात्तिक २८ : नेपाली कांग्रेसका बिकाश प्रेमी नेता एबम चितवन क्षेत्र न ३ (क ) का प्रदेश तर्फका उम्मेद्वार दिनेश कोइरालाले जेस्ठनागरिक लाइ आफुले उच्च सम्मान प्रकट गने बताउनु भएको छ । जेस्ठ नागरिक बुवा आमा संग धेरै अनुभब रहेको भन्दै उहाहरुको अनुभब र आफ्नो जोस जागर र अठोटले समाज समृद्द हुने बिस्वाश ब्यक्त गर्नु भयो । कोइरालाले आफु घर दैलोमा जादा धेरैले आफुलाई “बाबु बृद्दा भत्ता कति बनाउछौ” भनेर सोध्दा आफुले बुडेसकालमा छोरा नाति संग नेपालमै संगै बसेर खुसि जिबन जिउने सम्मको बाताबरण बनाउने बचन दिएको बताउनु भयो ।

महिलाको सम्बन्धनमा तपाइको योजना के छ भन्ने हाम्रो प्रश्नमा कोइराला भन्नुहुन्छ ‘ तपाइले निकै महत्वपुर्ण प्रस्न गर्नु भयो म भन्न चाहन्छु महिलाको लागि विभिन्न सिपमुलक तालिम को योजना र आत्मनिर्भरता मेरो प्रमुख प्याकेज हो । म प्रत्येक महिला आत्मनिर्भर भएको देख्न चाहन्छु , म महिलाको सहभागिता उलेख्य हुनु पर्छ भन्ने पक्षमा छु । बृद्द बृद्दा आमा बुवालाइ म मेरो आमा बाबु जस्तै बनेर असल छोरोको भूमिका निर्बाह गर्ने छु । यति भनेपछि अरु भन्न पर्ला जस्तो लाग्दैन मलाइ । ‘