आज विश्व मधुमेह दिवस चितवनसहित देशैभर विविध कार्यक्रम गरि मनाईदै

 

 

चितवन, २८ कात्तिक । आज विश्व मधुमेह दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइदैछ ।

सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिदै आइएको छ । मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ ।

दैनिक खानपानमा ध्यान दिने,नियमित ब्यायाम गर्ने,तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने बरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीको सुझाव छ ।

खानाामा कार्वोहाइडेटको मात्रा बढि,चिल्लो र गुलियो पदार्थ बढि हुँदा पनि मधुमेहको संभावना हुन्छ ।
यो पटक महिला दिवस अवसरमा पारेर महिला र मधुमेह, हाम्रो भविष्य प्रतिको अधिकार भन्ने नारासहित मनाउन लागेको उनले बताए । विश्वका अविकसीत देशहरुमा महिलाहरु नै स्वास्थ्यको सेवा पिछडीएको भन्दै त्यो नहोस् भनेर, घर नेतृत्व महिला भएकोले महिलाको नेतृत्व कायम रहोस् भन्ने भएको स्पष्ट पारे । गर्भवती अवस्थामा महिलाहरुमा मधुमेह बढी हुने र त्यसको संखया बढेको हुनाले यो नारा तय भएको हो ।
चितवनमा विगतदेखि पुष्पाञ्जली अस्पताल, मधुमेह समाज, लायन्स क्लब र सञ्चार माध्यमको सहकार्यमा यो दिवस चितवनमा गरिन लागेका उनले बताए । कार्यक्रममा पुष्पाञ्जली अस्पतालबाट ३ सय बढी मधुमेह परिक्षण गरि वृहत र्याली र लायन्यचोकमा गई १२ वटा स्टल राखि विविध जनचेतना जगाउने काम हुनेछ ।
खानपान र जिवन शैलीका बारेमा सुधार गर्ने उपायसगैँ मधुमेह सम्बन्धी हाजिरजवाफ समेत गर्ने उनले बताए ।

हेरौँ भिडियो मधुमेहबाट बच्न यस्तो छ डा.भोजराज अधिकारीको सुझाव