लागुऔषध गाँजा सहित दुई पक्राउ

 

 

प्रनिश थापा
चितवन , कार्तिक २७ । चितवनको भरतपुरस्थित एक होटेलबाट प्रहरीले दुई वटा झोलामा पोका पारेर राखिएको १२ किलो लागू औषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर जिल्लाको राक्सीराङ गाउँपालिका वर्डा नम्बर ४ बस्ने बर्ष १८ को बिराज मोक्तान र सोही ठाउँका १६ बर्षीया देवराज मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रभु प्रसाद ढकालले बताए ।

ढकालका अनुसार प्रहरीको नियमित चेकजाँचका क्रममा उनीहरुलाई आईतवार बेलुकी साँढे ५ बजे भरतपुर महानगरपालिका ९ स्थित केन्द्रीय बस टर्मिनल नजिकैको होटल गोर्खा प्यालेसको कोठा नम्बर १०३ बाट पक्राउ गरिएको बताए । पक्राउ परेकाहरू लाई लागू औषध मुद्दामा जिल्ला अदालत चितवनमा पेश गरि अनुसन्धानका लागी म्याद थप गरिएको जानकारी दिए ।

.