विकास र समृद्धिका लागि वामगठबन्धनलाई मतदान गर्नुस् : पूर्व अर्थ मन्त्री पाण्डे

अनुज न्यौपाने 

चितवन, २७ कात्तिक । नेकपा एमालेका प्रभावशाली नेता सुरेन्द्र प्रसाद पाण्डेले विकास र संम्बृद्धिका लागि बामगठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । आज राप्ती नगरपालिकाको वडा नम्बर ४ को घरदैलो पश्चात कोण सभामा बोल्दै नेता पाण्डेले चितवन क्षेत्र नम्बर १ बाट आफु २०७० सालको प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भई सकेपछि गरेका बिकास निर्माणका कामले सो क्षेत्रका जनताले अझै पनि आफुलाई खोजिरहेको बताउँदै बामगठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको हो ।

यस क्षेत्रको बिकासका लागि अझै काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दै नेता पाण्डेले २०७४ साल भित्रै बामपन्थीको बहुमतको सरकार बन्ने बताउनुभएको छ । पुर्व अर्थमन्त्री समेत रहेका पाण्डेले काङ्रेस र रा।प्र।पा का नेता कार्यकर्तालाई समेत बामगठबन्धनलाई मतदान गरी विकास र संम्बृद्धिका लागि सहयोग गर्न आनुरोध गर्नुभएको हो । विकास र आर्थिक सम्बृद्धिलाई जोड्न सके मात्र देश बिकास र तर्फ अघी बढ्ने भन्दै चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उमेद्वार समेत रहनुभएका पाण्डेले मङ्सिर ५ गते भरतपुर बसपार्कमा संयुक्त बाम गठबन्धले आयोजना गर्ने चुनावी सभामा सहभागी हुने सबैलाई आग्रह गर्नुभएको छ ।