पूर्वी चितवन महोत्सवमा दुलही श्रृंगार

 

चितवन कार्तिक २७ । रत्ननगरमा जारी पूर्वी चितवन महोत्सव अन्र्तगत सोमवार विभिन्न तीन वटा प्रतियोगिता भएका छन् ।
रत्ननगर जेसिजको आयोजनामा भएको विवाह विशेष महोत्सवमा दुलही श्रृंगार प्रतियोगिता,रत्यौली प्रतियोगिता र जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको फाईलन भएको हो ।

संस्कृति संरक्षण गर्ने उदेश्यका साथ आयोजित रत्यौली प्रतियोगितामा रत्ननगर १ स्थित उज्वल महिला विकास बचत तथा ऋण सहकारी संस्था प्रथम,लगनशिल आमा समुह रत्ननगर १४ द्धितीय र सरस्वती आमा समुह रत्ननगर ३ तृतीय भएका छन ।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार,द्धितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गरेको रत्यौली प्रतियोगिताका संयोजक सुरज पौडेलले जानकारी दिए ।
महोत्सवको आयोजक संस्था रत्ननगर जेसीजका अध्यक्ष सुरेश चन्द्र आचार्य र महोत्सवका संयोजक निरज श्रेष्ठलाई पुरस्कार वितरण गरेका थिए ।
महोत्सव अन्तर्गत दुलही श्रृगार प्रतियोगितामा भरतपुरको रोज हर्वल व्यूटीपार्लर प्रथम,टाँडीको ईन्टरनेशनल व्यूटीपार्लर द्धितीय,नारायणगढको वनसरी व्यूटीपार्लर तृतीय र पर्साको स्पेश व्यूटीपालरले सान्त्वना स्थान हासिल गरेको संयोजक मिना उप्रेतीले जानकारी दिए । विजयीलाई महोत्सवको समापनका अवसरमा पुरस्कृत गरिने छ ।
यस्तै सोमवारनै ५५ औं जिल्ला स्तरीय तोक्वादो प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला तेक्वान्दो संघको सहकार्यमा आयोजना गरिएको तेक्वान्दो प्रतियोगिता अन्र्तगत पुरुष तर्फ २५ देखि ४३ केजी तौल समुह र महिला तर्फ २८ केजी देखि ५६ केजी तौल समुह सम्म खेल भएको तेक्वान्दो प्रतियोगिताका संयोजक हेमराज आचार्यले जानकारी दिए । विजयी खेलाडीलाई ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो । महोत्सवको संस्कृतिक कार्यक्रम अन्तर्गत सोमवार गायक दुर्गेश थापा र गायिका तथा सञ्चारकर्मी सितल शर्माले गीत प्रस्तुत गरेका थिए ।
मंगलवार नेपालका चर्चित कलाकार मनोज गजुरेल र सागर आलेको प्रस्तुती रहने महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए । महोत्सवको चौथो दिन सम्म करिव २५ हजार दर्शकले अवलोकन गरेको संयोजक श्रेष्ठले वताए । रत्ननगर ३ विद्युत चोकमा जारी महोत्सव मंसीर ३ गते सम्म संचालन हुनेछ

Promise Education Consultancy