हजारौ छोरा छोरीको भबिस्य बनाउन राजनीतिमा लागेको हु  : दिनेश कोइराला 

शिव शर्मा भरतपुर कात्तिक २७ : नेपाली कांग्रेशका बिकास प्रेमी नेता , चितवन क्षेत्र न ३ (क ) का प्रदेश सभा सदस्य उम्मेदवार दिनेश कोइरालाले आफ्नो राजनीति  सेवा र बिकाशको लागी भएको बताउनु भएको छ ।  घरदैलो कार्यक्रम अन्तरगत आज सम्झनाचोक गुञ्जानगरमा भएको एक कार्यक्रममा बोल्दै कोइरालाले स्थानीय चुनाबमा आफ्नो पार्टीका सभापति सेरबहादुर देउवालाई भरतपुर महानगरमा माओबादी केन्द्र संग  चुनाबी एकता नगर्न भने पनि पार्टीले आफ्नो कुरा नपत्याएको खुलासा गर्नु भयो ।
उहाले कार्यक्रमलाइ सम्बोधन गर्दै “ २०६४ सालमा माओबादीले जित्दा १ अक्षरपनि संबिधानको काम भएको थिएन ।  जना २०७० सालको चुनाबमा कांग्रेशले जित्यो तब मात्र संबिधान लेख्न सकिएको हो । कम बोल्ने स्व. सुसिल कोइरालाले ४ जना कान्त्रिकारी कुरा गर्ने ले नसकेको काम गरेर अहिले संबिधान बनेर देश अगाडि बढेको छ ।  अहिले फेरी धेरै पार्टी संसदीय व्यवस्था नभएपनि मुलुक चल्छ भन्दै आएका छन् ।  यस्तो बेला निकै संबेदनसिल हुनु पर्छ ।  “
उहाले आफ्नो राजनीति सेवाको लागी भएको भन्दै आफ्नो छोराहरुको भबिस्य बनेपनि अझै हजारौ छोराहरुको भबिस्य बनाउन आफु राजनीतिमा आएको उहाले प्रस्ट्याउनु भयो ।  कोइरालले राजनीति कुनै पेसा म खेति नभई राजनीति  असाहय , असक्तका लागी भएको र यो जिबन पद्दति भएको जिकिर गर्नु भयो ।
घरदैलो कार्यक्रममा स्थानीयले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा का साझा   उम्मेदवार एबम बन तथा भू-सम्रक्षण मन्त्री बिक्रम पाण्डेलाई गुन्जानगर सम्झना चोक लगाएतको समस्या सहितको ज्ञापन पत्र बुझाएका थिए ।