पार्टी मिल्दैमा निर्वाचन जितिदैन : उम्मेदवार जीतनारायण

चितवन, २७ कात्तिक । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पार्टी मिल्दैमा निर्वाचन सहज रुपमा जित्छु भन्नु अहमता रहेको बताउनु भएको छ । नेपाली काँग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर २ क का उम्मेदवार समेत रहनु भएका श्रेष्ठले आफु पहाडि क्षेत्रको भए पनि सबै जनताको मन बुझ्न सफल भएको बताउनु भयो । पार्टी भित्र तालमेल हुदैमा चुनाब जित्ने भए स्थानिय तहको निर्वाचनमा मतपत्र च्यात्नु पर्ने थिएन श्रेष्ठले भन्नु भयो ।
निर्वाचन जित्नलाई जनताको मन जित्नु आबश्यक रहेको बताउँदै उहाँले जनताको मनमा कहिल्यौ नबसेकाहरु निर्वाचनमा सहभागि हुनुले लोकतान्त्रीक गठबन्धनको जित सुनिश्चित रहेको बताउनु भयो । भरतपुर महानगरपालिका वडा नम्बर ३ को निर्वाचन प्रचार प्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रममा आज बोल्दै श्रेष्ठले जिल्लाको महत्वपूर्ण ठाउँ नारायणगढ देशकै नमुना सहर बनाउने उद्घोष गर्दै सडक व्यवस्थापन, आकासे पुल, बजार व्यवस्थापन लगाएतका काममा आफ्नो सकृय सहभागिता रहने बताउनु भयो ।
जनताको समस्यालाई आफ्नै समस्या सम्झेर काम गर्ने बताउदै श्रेष्ठले आफ्नो जितले कुनै कार्यक्रताले नाक खुम्चाउनु नपर्ने बातावरण तय गर्ने बताउनु भयो । कालिकामा जन्मिएर ईच्छाकामनाको आर्शिबाद लिएर नारायणगढ बाट राजनिति सुरु गरेको हुनाले हरेक मतदाता संग दोहोरो परिचय बनाउन सफल भएको बताउँदै उहाँले आफ्नो जितको आधार यहि भएको बताउनु भयो । श्रेष्ठले आज पदमपुर, भरतपुर महानगरपालिका १ रामनगर लगाएतका क्षेत्रमा कार्यक्रता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नु भएको छ ।