ईश्वरीले रामजीलाई नचाएपछि….(भिडियो)

राजन दिल गुरुङ
चितवन, २७ कार्तिक । एक दशक भन्दा लामो समय लोक दोहोरीमा बिताएकी र्इश्वरी राना मगरले ” भिरमा गाई चरेको ” बोलको गीत मार्फत अभिनयमा रामजी खाड र रिना थापालाई प्रस्तुत गरेकी छिन् ।
गायिका रानाको यो भन्दा अगाडी ” आज नगद भोलि उधारो , खाउलि केरा ” जस्ता चर्चित गीत बजारमा आइसकेको छ ।
बिन्ध्यबासिनी म्युजिक प्रालिद्वारा फेरी बजारमा आएको ” भिरमा गाई चरेको ” गीतमा सब्द संगीत एक नारायण भण्डारीको रहेको छ ।
युट्युबबाट बिमोचन गरिएको सो गीतमा मौसम हिमालीको निर्देशन, दुर्गा पौडेलको छायांकन, सम्पादन नविन घर्तीमगरले गरेका छन् भने आवाजमा युवराज मगरले साथ दिएका छन् ।
आज सम्म दर्शक स्रोताको माया पाएको र अबका दिनमा पनि माया पाउने विशवास रहेको गायिका रानाले बताएकी छिन ।
भिडियो हेर्नुहोस् –

 

 

Promise Education Consultancy