समृद्धी र लोकतन्त्रका लागि काँग्रेस : उम्मेदवार प्रकाश अधिकारी

चितवन, २७ कात्तिक । नेपाली काँग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर २ (ख) का प्रदेश उम्मेदवार प्रकाश अधिकारीले भाबनामा नबहकिनका लागि मतदातालाई आग्रह गर्नु भएको छ । बाम पन्थिहरु सधै मतदाताको भाबनालाई खेलवाड गरेको बताउदै अब भाबना माथि खेलवाड गर्नेहरुलाई चिर्नु जरुरी रहेको बताउनु भयो ।
भरतपुर महानगरपालिका वडा नम्बर ७ मा निर्वाचन प्रचार समितिको कार्यालयको उद्घाटन गर्दै उहाँले देशको मध्य भागमा रहेर पनि चितवनको बिकास हुन नसकेको बताउँदै बिकासका लागि लोकतान्त्रीक गठबन्धन आबश्यक रहेको बताउनु भयो । बिकास र संम्बृद्धि कुरीरहेको चितवनमा बाम गठबन्धनको आस्वासनलाई मतदाताले अस्विकार गर्ने बताउनु भयो । प्रसस्त सम्भाबना भए पनि योजना दिन नसकेका कारणले चितवन पछि परेको उहाँले बताउनु भयो ।
आफु प्रदेश सभाको उम्मेदवार विजयी भए पछि योजना बद्ध रुपमा चितवनको बिकास र उन्नतीका लागि लाग्ने अधिकारीले बताउनु भयो । अधिकारीले आज भरतपुर ४ को बैद्धिक नगर क्षेत्रमा घरदैलो तथा कार्यक्रता भेटघाट कार्यक्रममा सहभागि हुनु भएको थियो ।