होटल व्यवसायीलाई मेयर रेनुले भनिन् तीन पांग्रे सवारी हटाएरै छाड्छु

कुल काफ्ले

चितवन, २७ कात्तिक । तीन पांग्रे सवारी व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट््ने भरतपुर महानगरकी प्रमुख रेनु दाहालले वताएकी छन् ।
दशैं र तिहारको नजिक गरिएको निर्णय भएकाले व्यवसायीहरुको आग्रहमा केहि समय यथास्थितीमा मात्र छाडिएको दाहालको भनाइ छ ।
होटल व्यवसायी संघ चितवनको २२ औं साधारण सभामा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख दाहालले तनि पांग्रे सवारी सञ्चालन बारे गरिएको जोर विजोर प्रणाली कार्यान्वयनका लागि सहयोग गर्न होटल व्यवसायीहरुलाइ आग्रह गरेकी छन् ।
तीन पांग्रे इरिक्सा एवं अटोरिक्सा व्यवस्थापनका लागि गरिएको बैठकमा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम समेत सहभागि भएको वताउंदै उनले नारायणगढ बजार लगायत मुख्य राजमार्गमा सवारी दुर्घटना न्युनिकरणका लागि सहयोग गर्न व्यवसायीहरुलाइ आग्रह गरेकी हुन् ।
भरतपुर महानगरको रिङरोडमा सवारी पार्किङ व्यवस्थापन गर्नका लागि सुरुवाति चरणमा चौविसकोठि देखि पुलचोक सम्मको सडकमा पार्किङ निषेध गरिएको जानकारी दिइन् ।
सबै काम एकैपटकमा गर्न नसकिने भन्दै उनले सर्वपक्षिय निर्णयमा बजार क्षेत्रमा पार्किङ व्यवस्थापन गरिएको उनको भनाइ छ । पार्किङ व्यवस्थापन पछि लायन्सचोक देखि पुलचोक सम्मको बजार क्षेत्र व्यवस्थित बन्न थालेको छ ।
चितवनमा राती ९ बजे होटल बन्द गर्ने हो भने बाहिरबाट आउने सवारी साधन र यात्रुहरुको आवागमन पनि रोक्नुपर्ने होटल व्यवसायीहरुले बताएका छन् । प्रशासनले लगाएको नियम कानुनले आफुहरुको व्यवसाय धरासायी भएको बताउंदैं उनीहरुले ९ बजेपछि बजार क्षेत्रमा आवागमन रोक्न प्रशासनलाई चुनौती दिएका हुन् ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले व्यवसाय सञ्चालन गरेपछि सरकारलाई कर तिर्नु दायित्व भएको बताउंदैं कर नतिर्ने व्यवसायीलाई निरुत्साही गर्दै कालोपत्रे कव्जा गरेर गर्ने व्यवसायको अन्त्य तर्फ महागरपालिकाको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
होटल व्यवसाय सेवामुलक व्यवसाय भएको बताउंदैं उनले होटलको कोठा प्राईभेट हुने जवकी त्यो पव्लिक नहुने भन्दै होटल सञ्चालकसंग कस्ता खालका व्यक्ति होटलमा छ भन्ने बुजेर रिसेप्सनबाट मात्र बाहिर निकाल्न प्रशासनलाई आग्रह गरे । सेवाको व्यवसाय गरीरहंदा होटल व्यवसायीलाई निकृष्ट प्रकारले राज्यले हेरेको उनको आरोप छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी शिव शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्त, वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख केशव कुमार शाह, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ लगायतको सहभागिता रहेको कार्यक्रम संघका अध्यक्ष कमल शर्माको अध्यक्षतामा भएको हो ।

.