गैँडाकोटका ४–सहकारीको सोमबार अनुगमन, युवा स्वरोजगार कार्यक्रम प्रति आक्र्रषण बढ्दै ।

गैँडाकोट, राजन खरेल, २७ कार्तिक ।
गैँडाकोटमा रहेका ४–वटा सहकारीको सोमबार अनुगमन भएको छ । युवा स्वरोजगार कोष नवलपरासीको टोलीले सो अनुगमन गरेको हो । अनुगमन हुनेमा किसान बचत तथा ऋण सहकारी संस्था गैँडाकोट–८, सहयात्री बचत तथा ऋण सहकारी संस्था गैँडाकोट–७ , अमर बहुउदेश्यिय सहकारी गैडाकोट–१६, न्यु जनसेबा बहउदेश्यिय सहकारी गैडाकोट–१६ रहेका छन् ।

 

युबा स्वोरोजगार कोषको दोस्रो किस्ता सिफारिसका लागी सहकारी संस्थाहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा संस्थामा नयाँ शेयर सदस्यहरुको स्वारोजगार कार्यक्रम प्रतिको उत्साह अत्यन्तै बढेको पाईएको छ । यस्तै सहकारी संस्थाहरुको सुसासन र पारदर्शितामा समेत बृद्धि भएको, नेपाल सरकार अर्थ मन्त्रालय, युबा तथा साना स्वरोजगार कोषका असुली अधिकृत मोहन अर्यालले जानकारी दिनुभयो ।

 

दोस्रो र तेस्रो किस्ताका लागि सिफारिस भएका कुल १९–वटा सहकारी र नयाँ युवा स्वरोजगार कर्जा मागका लागि प्रस्ताब पेश गरिएका ३२ गरि कुला ५१ वटा सहकारीमा अहिले अनुगमन कार्य जारी रहेको छ । कार्तिक २६ देखि मंसिर ११ गते सम्म जारी रहने, नेपाल सरकार अर्थ मन्त्रालय युबा स्वरोजगार कोष नवलपरासीका सदस्य सचिब प्रितम भुजेलले जानकारी दिनुभएको छ । उहाँले नवलपरासी र नवलपुरमा युवा स्वरोजगार लिनका लागी सहकारी संस्था र नयाँ सदस्य युबाहरुमा ज्यादै उत्साह भरिएको समेत सार्वजनिक गर्नुभएको छ । यस्तै अनुगमन पछि, पुरानो लगानी भैरहेका १३ वटा सहकारी संस्थाहरुलाई ब्याज अनुदान फिर्ता गर्न प्रारम्भिक कार्य समेत तयारी गरिएको छ ।

नेपाल सरकार अर्थ मन्त्रालय युबा स्वरोजगार कार्याक्रम नवलपरासीका सदस्य सचिब प्रितम भुजेलले जानकारी दिनुभयो ।

 

 

Promise Education Consultancy