मंसिर ५ गते वाम गठवन्धनको शक्ति प्रर्दशन, हेरौँ को को नेता आउदैछन् त ?

चितवन, २७ कात्तिक । चितवनमा प्रदेश र केन्द्रको निर्वाचनलाई लक्षित गरि शक्ति प्रर्दशन गर्ने गरिने भएको छ ।
एमाले र माओवादीको संयुक्त वाम गठबन्धनले आगामी मंसिर ५ गते र काग्रेस र राप्रपाको लोकतान्त्रीकले पनि केहि दिनमै शक्ति प्रर्दशन गर्न लागेका हुन् ।
वाम गठबन्धनको केन्द्रय कार्यक्रम अनुसार चितवनको भरतपुर महानगरको केन्द्रिय वस टर्मिनल परिसरमा विशाल र्यालीसहित आम शभा गर्दै शक्ति प्रदैशन गर्ने संयुक्त वाम गठबन्धले जानकारी दिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयम् चितवन क्षेत्र नं. ३ को उम्मेदवार बनि घरदैलो अभियान जारी रहेको सन्र्दभमा जिल्लालाई नै वाम किल्ला बनाउने उद्देश्यसहित सबै उम्मेदवारहरुलाई विजयी गराउन भरतपुरमा विशाल आमसभा गर्ने कार्यक्रम तय भएको बामगठवन्धन संयुक्त परिचालन समिति चितवनका अध्यक्ष अमिक शेरचनले जानकारी दिए ।
शक्ति प्रर्दशनमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी वरिष्ठ नेता रामवहादुर थापा वादल, एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे लगायत शीर्षस्थ नेताहरुले संवोधन गर्ने नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए ।
आमसभामा जिल्लाभरका एक लाख भन्दा वढी जनता उतार्ने तयारी रहेको गठवन्धनका नेताहरुले दावी गरेका छन् ।
सोही कार्यक्रमको तयारी स्वरुप एमाले जिल्ला कार्यालय भरतपुरमा मंगलवार आयोजित अगुवा कार्यकर्ताको संयुक्त वैठकलाई संवोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंसिर ५ को चितवनको सभा ऐतिहासिक हुने दावी गरे
“यो आमसभा अरुवेलाको जस्तो हैन, यसले बिशेष महत्व वोकेको छ । हाम्रो साझा घोषणा र वामगठन्धनको देशब्यापी विजयको संदेश दिने कार्यक्रम पनि हुनेछ ।”–प्रचण्डले भने । जनताको बिशाल उपस्थितिले बिरोधीहरुको मनोवल गिराउने मात्र नभई मुलुकको समृद्धिको लागी हुने बाम एकतालाई अनुमोदित गर्ने प्रचण्डले बताए ।
नेपाली काँँग्रेस र राप्रपा भित्र रहेका केही ईमान्दार मान्छेहरुले पनि बामगठबन्धनलाई अन्तरहृदयदेखि स्वागत र स्विकार गरेको प्रचण्डको भनाई थियो । कार्यक्रममा एकाले स्थायि कमिटि सदस्य सुरेन्द्र पाण्डेले चितवनमा ९ वटै सिट मा यसपटक वामगठवन्धनका उमेदवारहरुले जीत हासिल गर्ने दावी गरेका थिए । मंसिर ५ को आमसभामा भरतपुरमा एकलाख भन्दा वढी जनता उत्रने पाण्डेको भनाई थियो । भरतपुरमा हुने आमसभाले देशभर जनतामा थप उर्जा पैदा गर्ने उनले बताए ।
सो कार्यक्रममा बामगठवन्धनको चुनावी परिचालनवारे क्षेत्र नम्वर १ को जेएन थपलिया, २ को केशवलाल श्रेष्ठ र ३ को सुर्य सुवेदीले समिक्षात्मक अवस्थावारे जानकारी गराएका थिए ।