पिनाकलले सार्वजनिक गर्यो द नेक्स्ट जेन भर्ना, यस्ता फिचर्स ?

 

चितवन, २७ कात्तिक । चितवनमा पहिलो पटक हुन्डाई कारको नयाँ मोडल द नेक्स्ट जेन भर्ना सार्वजनिक गरिएको छ ।
चितवनका लागि हुन्डाई कारको आधिकारिक विक्रेता पिनाकल ट्रेडिङ्ग कन्र्सन प्रा.लिले चितवनसहित मध्यनेपालका ग्राहकवर्गहरुको चाहानालाई मध्येनजर गर्दै नयाँ मोडल द नेक्स्ट जेन भर्ना सार्वजनिक गरेको छ ।
पिनाकलका प्रबन्ध निर्देशक ईश्वर कुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ चितवन शाखाका सल्लाहकार सूर्यप्रकाश कडेँलले एक समारोहका द नेक्स्ट जेन भर्ना को सर्वजनिक गरेका थिए ।
४४ लाख रुपैया बढी मुल्य रहेको सो कार विश्व भरमा ९० लाख ग्राहक रहेको एक उत्कृष्ट सेडान हुनुका साथै सर्वाधिक रुचाईएको कारको रुपमा रहेको पिनाकलका प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।
निजी सवारी साधन विलासिता होईन्, विकासको संवाहक हो भन्ने नारासहित पिनाकलले विगत १० बर्ष भन्दा अगाडी देखि यहाँ हुन्डाईका विभिन्न मोडलका कारहरु बिक्रि गर्दै आएको छ ।


गाडीमा आकर्षक बनौट र अत्याधुनिक विशेषता तथा सुविधा सम्पन्न भएको कम्पनीले दाबी गरेको छ । कम्पनीले यसको डिजाइन, प्रोफोमेन्स, फिचर्समा कुनै सम्झौता नगरेको जनाएको छ ।
यो गाडीलाई बलियो बनाउनको लागि उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको र उक्त स्टिल हुण्डाइको आफ्नै प्लान्टमा तयार पारिएको पिनाकल टे«डिङका प्रवन्ध निर्देशक इश्वर कुमार श्रेष्ठले जानकारी दिए ।
उनले कारमा बस्ने हरेकलाई लक्षित गरी सुरक्षा व्यवस्था गरिएको छ । सेफ्टीका लागि ६ एयरब्याग, कोर्निङ ल्याम्प्स, फ्रन्ट प्रोजेक्टर, एबीएस, ईबीडी, लगायतका फिचर्स पनि विशेष विशेषता भएको बताए ।
भर्नाले २०१२ देखिनै नेपालीहरुको मन जितेको हुनाले यो पनि नेपालमा उत्तिकै लोकप्रिय हुने श्रेष्ठले वताए । भर्ना कारको मूल्य इएक्स को ४२ लाख ९६ हजार, एसएक्सको ४४ लाख ९६ हजार, इएक्स अटोमेटिकको ४६ लाख ९६ हजार रहेको कार ६ वटा रङहरुमा उपलब्ध छ ।

विभिन्न १३ मोडलका हुन्डाई कार पिनाकलले विक्री वितरण गर्दै आएको छ ।
हुण्डाईका सम्पुर्ण गाडीको खरिदमा ३ वर्षको वारेन्टी, ४ बर्ष निशुल्क सर्भि्िसङ पाहिने छ । यो सँगै कम्पनीले १ आर्थिक वर्षको सवारी कर चुक्ता समेत गरिदिने छ ।

पावरफूल कार

यो कार फिचर्सको मामिलामा धनी रहेको कम्पनीको दावी छ । यो कारले १७.७० किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । पावरफुल भर्ना गाडी अटोमेटिक ट्रान्समिसनमा पनि उपलब्ध गराइएको छ ।

 

स्पीड म्यानुअल गियरबक्सको समेत विकल्प दिइएको गाडीको १.६ लिटरको इञ्जिन निकै शक्तिशाली मानिएको छ । यो गाडीले १२३ बिपीएच पावर दिन्छ । जसले ४८५० आरएमपीमा १५.४ केजीएमको टर्क उत्सर्जन गर्छ ।

यसको शक्तिशाली इन्जिनले ओभरटेकिङ एबिलिटीलाई निकै मजबुत गरेको छ । उत्कृष्ट ससपेन्सन सिस्टमले कारलाई थप आकर्षक र आरामदायी बनाएको छ ।

उत्कृष्ट बनोट र डिजाइन

यो कारको बाहिरी डिजाइन पनि निकै आकर्षक मानिएको छ । नयाँ भर्नामा विशेष क्यसकेड क्रोम फ्रन्ट ग्रील छ । यसलेकारलाई चुस्त र स्टाइलिस देखाएको छ । कारको रेयर र बर्ड आई भ्यु लुक्स पनि निकै उत्कृष्ट छ ।

विन्डो बेल्ट लाइन क्रोम, बी पिलर ब्ल्याक आउट टेप, बडी कलर्ड, क्रोम आउटसाइड डोर ह्याण्डल, डुअल टोन रियर बम्पर, टर्न आउटसाइड ल्याम्पसले भर्नालाई यो सेग्मेन्टमै अद्वितीय देखाएको छ ।

यसमा नयाँ एलईडी टेल लाइट्स, ५ स्पोक १६ इन्च एलोय ह्वीललाई डुअल टोन फिनिस दिइएको छ ।

अब्बल इन्टेरियर

इन्टेरियर पनि निकै आकर्षक बनाइएको छ । ड्राइभर तथा प्यासेन्जरका लागि सिट ब्याक पकेट पनि दिइएको छ । मेटल फिनिस इन्साइड डोड ह्याण्डल छ ।

प्यान्थनम ब्ल्याक, फेरि रेड, सिल्क सिल्भर, फ्लेम ओरेन्ज, पोलार ह्वाइट र सियना ब्राउन कलरमा उपलब्ध छ । पि्रमियम सेडान सेगमेन्टमा भर्नाले एसेन्टमा रुपमा पहिलो देखिनै नेपाली बजारमा आधिपत्य जमाँदै आएको छ ।

यसमा डुअल टोन क्याविन छ । जुन हेर्दा आकर्षक मात्रै छैन, यात्रुका लागि आरामदायी पनि छ । यसमा एपल कार प्ले सिस्टम छ । मिररलिंक, ब्ल्यु टुथ,को साथमा ७ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम पनि जोडिएको छ ।

यसको हेड रुपमा र लेगरुम पनि आरामदायी छ ।

कुल्ड ग्लोभ बक्स, डोरसाइड म्याप पकेट, सेन्टर कन्ट्रोल स्टोरेज, लगेज ल्याम्प, रेयर सिट कप होल्डर लगायतका सुविधा पनि छ ।

सुरक्षामा ‘नो कम्प्रोमाइज

यो कारमा बस्ने हरेकलाई लक्षित गरी सुरक्षा व्यवस्था गरिएको छ । सेफ्टीका लागि ६ एयरब्याग, कोर्निङ ल्याम्प्स, फ्रन्ट प्रोजेक्टर, एबीएस, ईबीडी, लगायतका फिचर्स पनि सामेल छ ।

सुरक्षाका विभिन्न फिचर्सले कारलाई अफ-रोडमा समेत स्थिर र नियन्त्रणमा राख्न मद्दत गर्ने दावी कम्पनीको छ ।

बलियो बडी डिजाइन र च्यासिसले कारको सुरक्षालाई प्रत्याभुत गर्छ । पार्किङको बेला अन्य गाडीसँग नठोक्कियोस् भन्नका लागि रेयर पार्किङ क्यामेरा जडान गरिएको छ । यो कारको बनोट के-टु प्लेटर्फममा आधारित भएकाले निकै सुरक्षित मानिन्छ ।

बनोट नै सुरक्षालाई प्राथमिकतामा राखेर तयार गरिएकाले यसले यात्रुलाई ठूला दुर्घटनाहरुमा पनि सुरक्षित राख्ने दावी कम्पनीको छ ।