लोकतन्त्र रक्षाका लागी हातेमालो , विकास -निर्माण र समृद्दी अबको पालो : कोइराला

एनपिएल न्युज कात्तिक २७ भरतपुर : प्रदेश र प्रतिनिधि सभा निर्वाचन नजिकिदै जादा राजनीतिक धुर्बिकरण तिब्र रुपमा बिकसित भइरहेको छ । पछिल्लो समय बिकसित राजनीतिक ध्रुविकरणले बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका नाममा चर्चा पाइरहेको छ ।

बाम गठबन्धनले कतै अतिबादलाइ प्रसय त दिने हैन भन्ने आम नागरिकमा संका छ । यसै बीच नेपाली कांग्रेश क्षेत्र न ३ (क ) का प्रदेश सभा सदस्य उम्मेदवार दिनेश कोइरालाले लोकतन्त्र लाइ खतरामा पर्ने कुनै पनि शक्तिको प्रयास नेपाली जनताले अस्विकार गरिदिने बताउनु भएको छ । आज शिवनगर स्थित विभिन्न संस्थाले गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै दिनेश कोइरालाले अहिले को चुनाब लोकतन्त्र भर्सेस अतिबाद रहेको बताउनु भयो । उहाले अतिबादी प्रवृतिलाई जनताले निरुत्साहित गर्ने ठोक्कुवा समेत गर्नु भयो ।

उहाले `निर्वाचन लोकतन्त्र ,प्रजातन्त्रको सुन्दर पक्ष मात्र नभई जनताको भाबना पनि रहेको ‘ बिपी कोइरालाको भनाइ सम्झिदै भन्नु भयो “जनताले पक्कै पनि लोकतन्त्रको सधै साथ दिने छन् । ”
उहाले लोकतन्त्र रक्षा को लागि हातेमालो , बिकास – निर्माण र समृद्दी अबको पालो आफ्नो लक्ष्य र मुल मर्म रहेको बताउनु भएको हो