कांग्रेस-राप्रपाकाे जमघटमा प्रचण्डकाे भव्य स्वागत

चितवन, २७ कार्तिक। बाम गठबन्धनकाे चुनाव प्रचार टिम भरतपुर-२१ मा चुनावी अभियानमा हिडिरहेकाे थियाे। अकस्मात बिक्रम पाण्डेकाे चुनाव प्रचारमा हिडिरहेका कांग्रेस-राप्रपाका कार्यकर्ताकाे टिमसँग प्रचण्डकाे भेट भयाे।

प्रचण्डले हात हल्लाएर सबैलाई अभिवादन गरे। पार्वतीपुरकाे माइली चाेकमा कांग्रेस-राप्रपाका कार्यकर्ताले प्रचण्डकाे भव्य स्वागत गरे। उनीहरुले प्रचण्डलाई माला लगाईदिए।

बिक्रम पाण्डेका लागि लिएका खादा र माला प्रचण्डलाई लगाई दिए। चाेकमा प्रचण्डसँग भेट्नेकाे भीड लाग्याे। “हामी विकास चाहन्छौं, अध्यक्षज्यू हामीलाई हजुरकै अाशा छ। हजुर हामी सबैकाे नेता हाे।” प्रचण्डले टाउकाे हल्लाउँदै सहमति जनाएर भनें, “विकासका लागि नै म चितवन अाएकाे हुँ। तपाईहरुसँगै विकासमा हातेमालाे गर्छु।”