सुकुम्बासी समस्याकाे स्थायी समाधान खाेज्नुपर्छ, “प्रचण्ड”

चितवन कार्तिक २७ । माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुकुम्बासी समस्याकाे स्थायी समाधान खाेज्नुपर्ने बताउनु भएकाे छ।
“बसाेबास गरिरहेका सुकुम्बासीलाई लालपुर्जा दिने, नभएकाहरुलाई अन्यत्र सारेर बसाेबासकाे व्यवस्था गर्नुपर्छ” भरतपुर पार्वतीपुरमा अायाेजित सुकुम्बासीसँगकाे अन्तरक्रियामा प्रचण्डले भन्नुभयाे, “सुकुम्बासीलाई जग्गा र लालपुर्जा दिनु मात्र समाधान हाेइन, सुकुम्बासीलाई सामूहिक अावासकाे व्यवस्था गर्ने, तालिमकाे व्यवस्था गर्ने र राेजगारी दिने व्यवस्था नै हामीले राेज्नुपर्छ।”