एनालग टेलिभिजन भोलिदेखि बन्द

काठमाडौँ, २७ कात्तिक । सरकारले मंगलबार भोलि देखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ ।सुचना तथा सञ्चार मन्त्रालयले महनागरिपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रुपान्तरण
नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागेको हो ।गाउँपालिकामा भने आउँदो बैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ ।
सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि अपग्रेडमा ध्यान दिन पनि आग्रह गरेको छ ।, आजको कारोबारमा खबर छ ।