पूर्वी चितवन महोत्सवमा रत्यौती र तेक्वान्दो प्रतियोगिता

चितवन कार्तिक २६ । चितवनको रत्ननगरमा जारी पूर्वी चितवन महोत्सव आईतवार पनि जारी रह्यो । रत्ननगर जेसिजको आयोजनामा भएको महोत्सवको तेश्रो दिन आईतवार रत्यौती प्रतियोगिता र तेक्वान्दो प्रतियोगिता हुनुका साथै सास्कृतिक कार्यक्रम पनि भएको थियो ।

विवाह विशेष आयोजित महोत्सव अन्र्तगत संस्कृति संरक्षण गर्ने उदेश्यका साथ रत्यौती प्रतियोगिता आयोजना गरिएको हो । दुई दिन सम्म चल्ने प्रतियोगिताको निर्णय सोमवार हुने महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए । त्यस्तै ५५ औं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता अन्र्तगत पहिलो दिन विभिन्न तौल समुहमा प्रतिस्पर्धा भएको छ ।

१३ देखी ५९ किलो तौल समुहमा करिव २ सय खेलाडीबीच प्रतिस्पर्धा हुने सो प्रतियोगिताको फाईनल खेल सोमवार हुनेछ । फाईनलका विजेता टिम,उत्कृष्ठ खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक हेमराज आचार्यले जानकारी दिए ।

संस्कृती संरक्षणसंगै व्यवसायको प्रर्वद्धन गर्ने उदेश्यका साथ रत्ननगर जेसिजले पहिलो पटक महोत्सवको आयोजना गरेको हो । महोत्सवको सास्कृतिक कार्यक्रम अन्र्तगत आईतवार नेपाल आईडल टप फाईभ सुजाता पाण्डेले करिव एक दर्जन गित गाएर दर्शकलाई मनोरञ्जन दिलाईन् भने हास्य कलाकार दिनेश काफ्ले प्रहसन देखाएका थिए ।

साथै गायिका शितल शर्मा,दि फेमस डान्स एकेडेमीको प्रस्तुती समेत रहेको थियो । महोत्सवको तेश्रो दिन करिव ८ हजार भन्दा वढि दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

.