रत्ननगरमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

चितवन कार्तिक २६ । नाक, कान, घाँटी रोग सम्बन्धि दुई दिने निशुल्क स्वास्थ्य शिविर आज (आईतबार) रत्ननगरमा सम्पन्न भएको छ ।
शान्ति मेड नेपाल स्विजरल्यान्ड र बकुलहर रत्ननगर अस्पतालको आयोजनामा शिविर सम्पन्न भएको हो । बेलायतका प्रशिद्ध नाक, कान, घाँटी रोग बिशेषयज्ञको नेतृत्वमा आएको डाक्टरहरुद्धारा साथै पोखरा इयर अस्पतालका डाक्टरहरुबाट निशुलक स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।
शिविरमा ३ सय भन्दा वढिले सेवा लिएको बकुलहर रत्ननगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । जसमा अधिकाशं कान सम्बन्धि बिरामि रहेको श्रेष्ठले बताए ।
शिविरमा ५ वर्षका बच्चा देखि ७५ वर्ष सम्मका महिला तथा पुरुषहरुले सेवा लिएको उनले बताए । शिविरमा औषधि समेत निशुल्क रुपमा बितरण गरिएको थियो । कान कम सुन्ने बिरामिहरुका लागि कानमा ईएरफोन राख्नु पर्ने भएकाले बेलायतबाट डाक्टरहरु यहाँ आउदा ती समस्या भएका बिरामिहरुलाई ईएरफोन पुनः बितरण गर्ने अध्यक्ष श्रेष्ठले बताए ।