भरतपुर अस्पतालबाट समाजिक सेवा लिने विरामीहरुको संख्या बर्षेनि बढ्दो क्रममा

 

चितवन, २७ कात्तिक । भरतपुर अस्पतालको सामाजिक सेवा इकाईबाट हालसम्म ३ हजार १ सय २७ जनाले सेवा लिएका छन् । भरतपुर अस्पतालमा सामाजिक सेवा सञ्चालन भएको ५ बर्ष भएको छ । समाजिक सेवा लिने विरामीहरुको संख्या बर्षेनिन बढ्दो क्रममा रहेको इकाई प्रमुख एवं सुचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
गत आर्थिक बर्ष ०७३÷७४ मा सामाजिक सेवा इकाईबाट सेवा लिनेको संख्या ७ हजार ७७ जना रहेको थियो ।
चालु आर्थिक बर्ष ०७४÷७५ को चार महिना पनि पुरा नहुंदै ३ हजार १ सय २७ जनाले सेवा लिइसकेका छन् । भरतपुर अस्पतालले उनिहरुलाइ करिब ३३ लाख ४२ हजार रुपैंया बराबरको औषधि पौडेलको भनाइ छ ।
अति गरिब विरामी २ हजार ३२ जना, असहाय २५ जना र ज्येष्ठ नागरिक १ हजार २८ लगायत अन्य लक्षित समुहका विरामीहरुले सेवा लिएका छन् । यस र्आिर्थक बर्षमा करिब ११ हजार विरामीले सेवा लिने विश्वास लिइएको पौडेलले वताए ।
सामाजिक सेवाबाट ११ किसिमका लक्षित विरामीहरुले सेवा लिंदै आएका छन् । गत आर्थिक बर्षमा सबैभन्दा बढि अति गरिब विरामी ४ हजार ५ सय ६९ जनाले सेवा लिएका छन् भने असहाय ९१ जना, अपांग ५८ जना र ज्येष्ठ नागरिक २ हजार २ सय ९९ जनाले सेवा लिएका थिए ।
ज्येष्ठ नागरिकहरुलाइ भरतपुर अस्पतालको टिकट निशुल्क गरिएको छ भने अन्य सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । हाल ३५ देखि ४० जना विरामीले दैनिक रुपमा सामाजिक सेवा इकाईबाट सेवा लिने गरेको ईकाइ प्रमुख पौडेल वताउंछन् ।
लैंगिक हिंसा पिडितहरु तुलनात्मक रुपमा कम भएपनि यसको संख्या विस्तारै बढ्दै गएको छ । गत आर्थिक बर्षमा लैंगिक हिंसा पिडित ४२ जनाले सामाजिक सेवा लिएका थिए । आव ०७२÷७३ मा १२ जनाले मात्रै सेवा लिएको पौडेलले जानकारी दिए ।
उनिहरुको लागि भरतपुर अस्पतालमा एकद्धार संकट व्यवस्थापन केन्द्रको स्थापना गरिएको छ । उनिहरुलाइ पुर्नस्थापना सम्मको व्यवस्थापन गरिएको पौडेल वताउंछन् । चालु आवको करिब ४ महिनाको अवधिमा १४ जना लैगिक हिंसा पिडितले सेवा लिएको उनको भनाइ छ ।