कुखुरा पालक संघमा झनकको नेतृत्व सर्वसहमत, किसानमैत्री नीति बनाउन माग, भिडियोसहित

राजेन्द्र आचार्य
चितवन, कार्तिक २६ । राज्यको स्पष्ट नीति नहुदाँ कुखुरापालक किसानहरु मार्कामा परेको बताए । पोल्ट्री मुलुक आत्मनिर्भर बनिरहेको अवस्थामा राज्यले व्यवसायमुखि नीति लिदाँ सानो संख्यामा आत्मनिर्भरका लागि कुखुरा पाल्ने किसानहरु मर्कामा परेको बताए हुन् ।

नेपाल कुखुरा पालक किसान संघ केन्द्रिय समिति चितवनको दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभामा बोल्दै माऊ कुखुरालाई रोग लागेको छ कि छैन भनेर किसानलाई जानकारी नदिदाँ रोग संक्रमित चल्ला महंगो मूल्यमा खरिद गर्न किसान बाध्य भएको बताएका थिए । रोगी चल्ला खरिद गरेपछि कुखुराको उपचार लागत बढ्ने मात्र हुने मृत्युदर पनि बढ्ेका समेत बताए ।


साथै कार्यक्रममा बोल्ने अधिकांश किसानहरुले दानाको बोरामा वास्तविक गुणस्तर, उत्पादन तथा म्याद समाप्त मिति र उपभोक्ता मूल्य नराख्दा दानाका दाना उत्पादन कम्पनीको ठगीमा परिरहेको बताए । यही कारण कुखुरा किसानले लगानी र मेहनत गरेअनुसार प्रतिफल पाउनुको सट्टा अधिक गुमाइरहेका उनीहरुको भनाई थियो ।

 

उनीहरु राज्यले किसानहरुको आर्थिक वृद्धिदर बढाउन लक्ष्यका साथ स्पष्ट किसान मैत्री कुखुरा पालन नीति बनाउन माग पनि गरेका थिए ।
महाअधिवेशनमा बोल्दै केन्द्रिय अध्यक्ष प्रकाशबाबु खनालले किसानले किन्ने दाना, भुस लगायतका सामग्रीमा न एमआरपी राख्ने परम्परा कायम गरिदिन सरकारलाई अनुरोध गरे ।


साथै उनले कुखुरा पालनमा सिन्डीकेट अन्त्य गर्नुपर्नेमा जोड समेत दिए ।
कार्यक्रममा अगुवा कखुरापालक किसान भुवनलाल जोशी दाना उद्योगीहरुले नै कुखुरा खरिद केन्द्र र चल्ला उत्पादनको ह्याचरी सञ्चालन गरिरहेकोले बिसानहरु बढी मारमा परेको बताए ।
यैसविच महाधिवेशनले झनक प्रसाद पौडेलको अध्यक्षतामा १५ जनाको कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।
जसको उपाध्यक्षमा लेखनाथ लामिछाने र सोमनाथ बस्ताकोटी, सचिवमा मदन बराल, सह सचिवमा भवानी न्यौपाने, कोषाध्यक्षमा अर्जुन बहादुर घिमिरे, सह–कोषाध्यक्षमा मेनुका थापा सर्वसम्मतले चयन भएको छ ।


यसैगरी सदस्यहरुमा विपिन सिग्देल, नन्द बहादुर रानाभाट, जित बहादुर महत्व, मुन्ना प्रसाद चौरासीया, प्रकाश वि।क।, प्रकाश अधिकारी, हिरेन्द्र बराल लगायतका किसानहरु सर्वसम्मतले चयन भएका हुन् ।
आफु अध्यक्षमा सर्वचयन भएसगैँ किसानमैत्री नीति र किसानहरु समस्याहरु हल गर्न आफु कटिवद्ध भएर लाग्ने बताए ।
कार्यक्रम नेपाल कुखुरा पालक किसान संघ केन्द्रीय समिति चितवनका अध्यक्ष प्रकाश बाबु खनालको अध्यक्षतामा सम्पन्न महाधिवेशनमा पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, डा।तिलचन्द्र भट्टराई, शिवप्रसाद बराल लगायतले बालेका थिए ।