विक्रम पाण्डेलाई फेरि अर्का झड्का, बद्री आएको एक सातामै राप्रपा सह–सचिव ढकालसहित एक सय बढी युवा माओवादीमा प्रवेश

चितवन, २६ कात्तिक । चितवनको चुनावी महोल निकै रोचक बन्दै गएको छ । एकपछि अर्को नेकपा माओवादी केन्द्रमा प्रवेश लहर नै चलेको छ ।
राप्रपा प्रजातान्त्रीकका जिल्ला अध्यक्ष बद्री तिमिल्सीना र विप्लव माओवादीसहित विभिन्न दलका गरि ३ हजार बढी माओवादी प्रवेश गरिसकेको अवस्थामा अझै पनि पार्टी प्रवेशको क्रम जारी रहेको छ ।
मुलुक र राष्ट्रका लागि वामवन्थी गठबन्धनको तर्फ चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिल्लामा चुनावी माहोलमा खटिएसगैँ पार्टी प्रवेशको लहर चलेको हो ।
बद्री तिमिल्सीना प्रवेश गरेको एक सातामै सोही राप्रपाका जिल्ला सह–सचिव आनन्द ढकालसहित एक सय बढी युवाहरु माओवादी केन्द्रमा वामपन्थी गठबन्धनलाई जिताउने भन्दै प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।
भरतपुर महानगरको वडा नम्बर १४ मा घरदैलो अभियानका क्रममा पार्टी सम्पर्क कार्यालय उद्धघाटनको अवसर पारि बद्री तिमिल्सीनाकै नेतृत्वमा ढकालसहित एक बढी युवाहरुलाई पार्टी अध्यक्ष प्रचण्डले रातो टिका र माला लगाई प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्दै युवाहरुले वामगठबन्धन र प्रचण्ड अहिले चितवन र देशवासीहरुको आवश्यकता भएको भन्दै आफुहरु प्रवेश गरेका बताए ।
ढकालसहित वडा नम्बर १४, १५, १६, १८, १९ र २३ का स्थानियस्तरका सक्रिय युवाहरु समेत पार्टी प्रवेश गरेका थिए ।
पार्टी प्रवेश गराउदै माओवादी अध्यक्ष प्रचण्डले नेपाले समृद्धिको नयाँ युगमा प्रवेश गर्न लागेको युवाहरुको प्रवेशबाट नयाँ उर्जा थपेको बताए ।
‘चितवनमा चुनावको मुखमा ठुलो संख्यामा युवाहरु माओवादीमा पार्टी प्रवेश गर्नुले आम जनतामा ठूलो सकारात्मक सन्देश गएको छ चितवन क्षेत्र ३ का उम्मेदवा समेत रहेका अध्यक्ष प्रचण्डले भने विकसीत र समृद्धि नेपाल निर्माणमा होमिन नवप्रवेशी तथा कार्यकर्ताहरुमा आव्हान समेत गर्दछु ।’
घरदैलो अभियान तीव्र रहिरहेका वेलामा केपछि अर्कोगर्दै राप्रपाबाट युवाहरु माओवादीमा प्रवेश गर्नु चितवनबाट राष्ट्रिय एकता र समुन्तीका लागि नयाँ सन्देश भएको उनले बताए ।
राप्रपाका विक्रम पाण्डे, माओवादी अध्यक्ष प्रचण्डसगँ चितवन क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धीका रुपमा रहेका छन् ।