कृषी विकासमा विश्वविद्यालयका विद्यार्थीको चासो, देशव्यापी लेखन प्रतियोगिता आयोजना !

चितवन,कार्तिक २६  ।  कृषी तथा बन विज्ञान विश्वविद्यालयमा अध्यनरत पुर्वी नेपालका विद्यार्थीहरुले आफ्नो क्षेत्रको विकासका लागी चासो व्यक्त गरेका छन् । उनिहरुले पुर्वान्चलमा कृषी विकासका सम्भावना,चुनौती तथा भावी रणनीति विषयक लेखन प्रतियोगिता आयोजना गरेर सो क्षेत्रको कृषी विकासमा सहयोग गर्ने इच्छा व्यक्त गरेका हुन् ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी,प्रध्यापक र कर्मचारी मिलेर गठन गरेको मेची कोसी विद्यार्थी संगमले लेखन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा रामपुर क्याम्पसमा अध्ययनरत लक्ष्मी नारायण ओझा प्रथम भएका छन् ।

त्यस्तै सोही क्याम्पसका सन्दिप अ‍ैरी दित्तिय र सोनिया बस्नेत तृतिय भएकी छन् । उनिहरुलाई नगद पुरस्कार क्रमशः ८ हजार, ५ हजार र २ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको छ । चितवनको पन्चरत्न गु्रपले विजेता विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरेको थियो । प्रतियोगितामा पुर्वान्चल क्याम्पस,पक्लिहवा कृषि क्याम्पस, लम्जुङ कृषी क्याम्पस र रामपुर क्याम्पसका विद्यार्थीहरु सहभागी भएका थिए ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासँघका केन्द्रिय सदस्य तथा पुर्वेली समाज चितवनका सँयोजक डा. तिलचन्द्र भट्टराइले कृषी क्षेत्रको विकासका लागी पुर्वेली विद्यार्थीले गरेको प्रयास प्रशंसनिय भएको वताउनुभयो ।

उहांले विद्यार्थीविच क्रियटिभ कृयाकलापमा प्रतिस्पर्धा हुनुपर्ने भन्दै कृषी अध्ययनपछी नेपालमै केही गर्ने उदेश्य लिनुपर्ने वताउनु भयो । उहांले कृषी विश्वविद्यालयले अध्ययन,अध्यापन गराएपनि कृषीको विकाशमा अझै ठोस काम गर्न नसकेको वताउनु भयो ।
यस्तै कृषी क्याम्पसकी प्रध्यापक डा.सारदा थपलियाले विद्यार्थीको मेहनतको प्रशंसा गर्दै शैक्षिक कृयाकलापको नेतृत्व गर्न सुझाव दिनुभयो । उहांले कृषी क्षेत्रको विकासमा विद्यार्थीको सुझाव र योजना मार्गनिर्देश हुने वताउनुभयो ।
सो अवसरमा पुर्व सिडियो तथा पुर्वेली समाज चितवनका उपाध्यक्ष दिप बहादुर गुरुङ,प्रध्यापक निरन्जन भट्टराई लगाएतको उपस्थिती रहेको थियो । मेची कोशी विद्यार्थी संगमका अध्यक्ष भुवन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक सुरक्षा वरालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।