जनताले दिएको अमुल्य मतको कदर गर्छू : उम्मेदवार खनाल

चितवन २६ कार्तिक । चितवन क्षेत्र नंं.१ प्रदेश सभा (ख)का उम्मेदवार कृष्णप्रसाद खनालले जनताले आफुलाई दिएको अमुल्य मतको कदर गरेर जनचाहना अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन ।
रत्ननगर नगरपालिका वडा नं.१४ मा आइतवार चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै एमालेका जिल्ला ईन्चार्ज समेत गरेका उम्मेदवार खनालले आफुले चुनाव जितिसकेपछि स्थानीय आवश्यकताको पहिचान गरी काम गर्ने बताए ।


ग्रामिण क्षेत्रका जनताले अहिले पनि शिक्षा,स्वास्थ्य,खानेपानी,सडकको समस्या झेलिरहेका छन उनले भने यि कामहरुलाई प्राथमिकता दिएर काम गर्ने छु ।
आफुलाई प्राप्त अधिकारको दुरुपयोग नगरी अधिकतम काम जनताको पक्षमा गर्ने उनले बताए । म सधै जनताको पक्षमा हुने छु उनले भने यस पटक मलाई विश्वास गरेर तपाईको अमुल्य मत मलाई दिनुहोस ।
जनताले के चाहिरहेका छन,मैले राम्ररी बुझेको छु उनले भने निर्वाचन जितिसकेपछि तपाईहरुकै सुझाब र सल्लाहा लिएर काम गर्ने छु ।
कार्यक्रममा समानुपातिक उम्मेदवार कन्चन खनालले जनताको पक्षमा काम गर्ने नेताको पहिचान गरी मतदान गर्न आग्रह गरिन ।
कार्यालय उद्घाटन पछि प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे सहित उम्मेदवार तथा नेता कार्यकर्ताहरुको टालीले वडा नं.१४ का मतदातासंग घरघरमा पुगेर भोट मागेका थिए ।