जनजाति महासंघ जापानको महाधिवेशन डिसेम्बरमा

तुलमान गुरुङ्ग

चितवन, २६ कात्तिक । नेपाल आदिवासी जनजाति महासँग जापान शाखाको आउँदो डिसेम्बरमा संस्थाको १६औँ महाधिवेशन हुने भएको छ । कार्यसमितिको आइतबार जापानस्थिट टोकियोमा बसेको विशेष बैठकले डिसेम्बर २४ मा नागोया शहरमा महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको लागि संस्थाका अध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा संस्थाका कार्यसमिति सदस्यहरू नै उप–समिति रहने गरी मूल समिति गठन गरिएको छ ।
महाधिवेशनले आगामी दुईवर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशन सफल पार्नको लागि व्यवस्थापन समिति संयोजकमा पूर्व उपाध्यक्ष पेम्बा शेर्पा, विधान संशोधन समिति संयोजकमा पूर्व अध्यक्ष सुकमान थिङ, निर्वाचन समितिमा पूर्वअध्यक्षद्वय ओम गुरूङ र मन पुनलाई संयोजकको जिम्मेवारी दिइएको जापानस्थित संस्थाका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।
सन् १९९९ मा जापानको नागोया शहरमा स्थापना भएको हो ।

जापानको विभिन्न शहरमा रहेका करिब ९० हजार नेपालीमध्ये करिब ५० हजार जनसंख्या आदिवासी जनजातिहरू मात्रै भएको संस्थाले दावी गरेको छ । अध्यक्ष शेर्पाका अनुसार डम्बरबहादुर गुरूङले स्थापना गरेको संस्थामा हाल २१ सदस्यीय कार्यसमितिले काम गरिरहेको छ भने यसपटकको महाधिवेशनबाट विधान संशोधन गरि कार्यसमिति संख्या थपघट हुनसक्ने छ । कामको हिसाबले नागोया शहर बस्नेहरूको सक्रियता बढी भए पनि संख्याको हिसाबले टोकियो शहरमा बढी रहेको बताइएको छ ।