प्रचण्ड ‘टुरिष्ट’ नेता हुन् : मन्त्री पाण्डे

विप्लव काफ्ले
चितवन, २६ कार्तिक । चितवन ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रम पाण्डेले पूर्वप्रधानमन्त्रीलाई ‘टुरिष्ट’ नेताक संज्ञा दिएका छन् ।

भरतपुर–६ विपी चोक गीतानगर बजारमा लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी प्रसार प्रसार समितिको सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले भने, “चुनाव जितेका विगतका ठाउँमा विकास भएको भए जनता झुक्याउँदै हिड्नुपर्थेन, अब चितवनका जनताले साथ दिनेछैनन् ।” उनले प्रतिस्पर्धि उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै भने, “ कहिले कुन देश, कहिले कुन देश गएजस्तो किन गर्नुप¥यो, आँफुले जितेका ठाउँमा मजाले काम गरेर पूरै विकास गरको भए ठाउँ खोज्दै मौका खोज्दै हिड्नुपर्थेन ।”

उनले आँफु निर्वाचन जितेपनि हारेपनि चितवन नछाडेको प्रसंग सुनाउँदै भने, “साविक ५ नम्बर क्षेत्रमा भरतपुर महानगरका केहि वडा पनि थपिएका छन्, कांग्रेसले पनि बरदान दिएर पठाएको छ, चुनाव फेरी जित्ने मेरो हिम्मत बढेको छ ।”

उनले माओवादी केन्द्रले कैयन पटक पार्टी सिद्धान्त भुलेको आरोप लगाए । “कहिले कांग्रेसको बुई चढ्ने, कहिले एमालेलाई अंकमाल गने यो कस्तो नीति हो ?”, उनले भने, “नक्कली वामपन्थीको पर्दाफास भएको छ, अब चुनाव जित्छु भनेर नसोचे हुन्छ ।”

उनले राप्रपा(प्रजातान्त्रिक) र कांग्रेसबीचको गठबन्धन प्राकृतिक भएकाले विगतमा महानगर चुनावमा माओवादीले गरेजस्तो धोका आँफुबाट नहुने दावी गरे । उनले माओवादी केन्द्रले कांग्रेससँग गरेको सहकार्य टुटाउनु निकै ठुलो भूल सावित हुने बेला नजिक आइसकेको बताए ।
पाण्डेको कथा
उनले राजालाई ठगले सुनको लुगा लगाएर ठगेको कथा सुनाए । “सौखिन राजाले नयाँ नयाँ कुरा गर्नुपर्ने, नयाँ लुगा लगाउनुपर्ने एउटा कथा छ”, उनले भने, “ठगहरुले शर्त राख्दै भनेछन्, ढाँट्ने र बदमासी गर्नेले सुनको लुगा लगाएको देख्दैनन्, त्यो लुगा लगाइदिउँ सरकार भनेछन्, लुगा लगाएजस्तो गरेछन्, राजाले मैले कपडा देखिन, तिमिहरुले देख्यौ भन्दै कर्मचारीलाई सोधछन्, उनीहरु आँफु बदमास भन्ने प्रमाणित हुने डरले सारै सुहाएको भनेर सुनाएछन् ।” यही कथाजस्तो अहिले कम्युनिष्ट नाङिगएको जनताले बुझेको तर्क गरे ।

भरतपुर–ठोरी सडक अन्तराष्ट्रियस्तरको, सबै सडक कालोपत्रे, विदेशी युवालाई स्वदेशमै उद्यमी बनाउने घोषणा
प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विक्रम पाण्डेले भरतपुर हाकिमचोकदेखि माठीहुँदै ठोरी पुग्ने सडकलाई अन्तराष्ट्रियस्तरको सडकका रुपमा विकास गर्ने घोषणा गरेका छन् । “भरतपुर–ठोरी सडक अहिले जस्तो होइन, अन्तराष्ट्रियस्तरको बनाउनेछु, राम–लक्ष्मण जस्ता कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवारको साथ छ”, उनले भने, “गाउा गाउँको विकास गर्ने लक्ष्य पुरा गर्नेछौँ ।” उनले चितवन ३ नम्बर क्षेत्रका सबै सडक ५ वर्षभित्र कालोपत्रे गरिसक्ने बताए ।

उनले रोजगारी खोज्दै विदेशीएका युवालाई स्वदेश फर्काएर उद्यमी बनाउने वातावरण बनाइने घोषणा गरे । उनले राष्ट्रलाई पुग्ने अन्न पु¥याउन अत्याधुनिक प्रविधि भित्राएर कृषिलाई आधुनिकरण गर्ने योजना कार्यान्वयनमा ल्याइने बताए ।

कार्यक्रममा बोल्दै समानुपातिकका उम्मेद्वार पृथ्वीमान गुरुङ र बलराम पौडेलले बाम गठबन्धनको सत्ता कब्जा गरेर एकदलीय शासन ल्याउने ‘बागचाल’ विरुद्ध लोकतान्त्रिक शक्तिलाई जिताउनुपर्ने बताए । कांग्रेसका क्षेत्रीय सभापति लालबहादुर दवाडीले ‘पाहुना’ नेतालाई अंशका रुपमा भोट नदिन कार्यकर्तालाई सुझाए ।

राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य रामहरी कंडेलले वामगठबन्धनले चितवनमा ‘हरियो घाँस’ नेदेख्न अनुरोध गरे । कार्यक्रममा भरतपुर महानगर समितिका सभापति भरतप्रसाद अधिकारीले लोकतन्त्र स्थापित गर्न कम्युनिष्ट गठबन्धनलाई पराजित गर्न घरदैलोलाई आन्दोलनका रुपमा लैजान अनुरोध गरे ।

भरतपुर–६ का वडाध्यक्ष हरिविलाश कोइरालाले संसदीय व्यवस्था जोगाउन लोकतान्त्रिक शक्तिको विकल्प नहुने बताए । चितवन ३ (क) का उम्मेद्वार दिनेश कोइरालाले समृद्ध क्षेत्र विकास गर्न जनताको खाँचो रहेको औल्याए । कार्यक्रम नेपाली कांग्रेस भरतपुर–६ का वडासभापति सूर्यप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।